छिटो समायोजन नहुँदा लडाकू झन् निराश

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

मुक्ति वा मृत्यु दुई मध्ये एक रोजेर माओवादी पार्टीमा लागेका माओवादीका पूर्व लडाकूहरु यतिबेला झन् झन् निराश भएका समाचारहरु सार्वजनिक भएपनि सरकार र विपक्षी कसैको ध्यान त्यसतर्फ गएको छैन । संविधानसभा भंग हुनु, आफ्नै माउ पार्टी फुट्नु र समायोजनले गति लिन नसक्दा सेनाको नियन्त्रणमा रहेका लडाकूहरु निराश भएका हुन् ।

समायोजन होला र नेपाली सेनाको जागीर खाउँला भनेर बसेका लडाकूहरु कहिलेसम्म यो स्थिति व्यहोर्नुपर्ने हो भनेर आँकलन पनि गर्न सकेका छैनन् । स्वेच्छिक अवकास लिएर आफ्ना साथीहरु घरजम गरिसकेका छन् । समायोजन रोज्नेहरुको कन्तविजोगले कोही पनि संवेदनशील हुन सकेका छैनन् ।

माओवादी पार्टीले अनेकौं सपना देखाएर युद्धमा लडाएका लडाकुहरुको सम्मानजनक समायोजन नगरेको पक्का हो । शान्ति सम्झौता पछि र संविधानसभापछि तिनै लडाकूहरुलाई देखाएर विपक्षी पार्टीलाई तर्साउने र घुर्काउने काम गरेको थियो । तर जब माओवादी पार्टीभित्र विवादले चरम सीमामा पुग्यो त्यतिबेला माओवादीको संस्थापन पक्ष आत्तिएर नेपाली सेनालाई नियन्त्रण गर्न पठाएको पक्कै हो । यति बेला ती मुक्ति वा मृत्यु जे रोज्न पनि तयार भएका लडाकूहरुको मनले के सोचिरहेको होला ? पक्का पनि उनीहरु आफूले आफैलाई सेनाको बन्दी भएको महसुस गरेका होलान् ।

शान्ति प्रक्रियाको मुख्य पाटो ठानिएको सेना समायोजन पछि संविधान बन्छ भन्ने नेपाली जनतालाई मूर्ख बनाउने काम दल र तिनका शीर्ष नेताहरुले गरेका छन् । अब ती लडाकूहरुलाई थप नियन्त्रण हुन नदिन लडाकू समायोजन विशेष समितिले काम अगाडि बढाउनुपर्छ । संवैधानिक संकटलाई छिटो हल गरेर दलहरुले लडाकूको व्यवस्थापन नगरे ती निराश जमातले भोलि अशान्ति मच्चाए भने त्यसको कसले जिम्मा लिने ? अर्कातर्फ एनेकपा माओवादीबाट फुटेको नेकपा माओवादीले जनविद्रोह हुँदै जनयुद्धसम्म जाने निर्णय गरेको छ । संस्थापन पक्षसँग असन्तोष हुनेहरुको आशा र भरोसाको केन्द्र नेकपा माओवादी भयो भने भोलि देशमा फेरि अशान्ति मच्चिन सक्छ । शान्ति प्रक्रियामा आएको एनेकपा माओवादी नयाँ संविधान बनाउन उद्दत थिएन । सरकारलाई उसले कब्जा गरेको र संकलन गरेका हतियार पूरा बुझाएको मान्न सकिन्न । ती अयोग्य ठहरिएका अनि समायोजन नरोजेका माओवादी लडाकूलाई वैद्य पक्षले संगठित गरेर हतियार दियो भने भने के हुन्छ ? त्यसैले छिटो लडाकूको व्यवस्थापन गर ।

0

'

Comments

  1. bhattarai rajanibala says:

    pahilo parama uPko 6en vannuko sataa de2iden vanda ramro hune hunu hunu prahog garde feri lin nsakda le2ae ali kasto2 6 tesma gati lin nasknu jasta mu2ya karanle yaso hun gaeko ho vanda uttam hunthiyo ki? aru pani 6 hajur online pani aaunu vaen batti pani jan lago herde garaula l. bye

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: