घरेलु महासंघमा भवानी जोशी

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

बनेपा । नेपाल घरेलु तथा साना उद्योग महासंघ, काभ्रे शाखाको सातौं जिल्ला सम्मेलन र पाँचौं महिला उद्यमी भेला साउन २० गते सम्पन्न भयो । महासंघका कार्यबाहक अध्यक्ष सुरेश प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्य, घरेलु कार्यालयका प्रमुख अर्जुनकुमार मण्डल, जिल्ला सहकारी संघका अध्यक्ष शुभ अधिकारी, डिमेगाका उद्धव गिरी, प्रकाशबहादुर कायस्थ, भवानी जोशी, सिद्धिबहादुर जोशीले बोल्नुभएको थियो । कार्यक्रममा स्व. मणिराज कायस्थलाई मरणोपरान्त र हरिराज मल्ललाई सम्मानपत्र प्रदान गरिएको थियो । सो सम्मेलनले भवानी जोशीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भक्तलाल श्रेष्ठ, उपाध्यक्ष नरेशकाजी श्रेष्ठ, सचिव निरञ्जुल कायस्थ, कोषाध्यक्ष राममन्दिर श्रेष्ठ, सदस्यहरुमा जयराम मानन्धर, रघुनाथ कपाली, लक्ष्मी कर्माचार्य, रमन श्रेष्ठ, गोपाल तिमल्सिना, कृष्णलक्ष्मी श्रेष्ठ, सिद्धिबहादुर जोशी, सौरभराज कायस्थ, सन्तोष सुधाकर, हरिगोपाल श्रेष्ठ र शम्भु तामाङ रहेको कार्यसमिति चयन गरेको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा प्रकाशबहादुर कायस्थ, सिद्धिबहादुर जोशी, रमेशकाजी श्रेष्ठ, टीपी शर्मा, अञ्जना ताम्राकार चयन गरेको छ । सम्मेलनले लक्ष्मी श्रेष्ठको सभापतित्वमा सचिव सुवासना श्रेष्ठ, कोषाध्यक्ष निरु वैदार, सदस्यहरुमा ईश्वरी बादे, इन्दिरा भट्टराई, मीनाक्षी रेग्मी, पार्वती श्रेष्ठ, ज्योति श्रेष्ठ, शर्मिला अधिकारी रहेको महिला उद्यमी समिति गठन गरेको छ । केन्द्रीय प्रतिनिधिमा मौसमी उपाध्याय, रोशी उपाध्याय र नानीमैया श्रेष्ठ चयन भएका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: