‘गंगोद्यान’ अध्ययन गर्दा

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

नवराज दाहाल ‘उत्साही’

गंगोद्यानको चित्रण र वर्णन कलाबाट सुरु गरौं भन्ने प्रश्न चिन्हले मलाई घोल्तिनै बाध्य तुल्यायो । महासागरमा साना माछादेखि भीमकाय ह्वेलसम्मका असंख्य प्राणी सल्बलाए जस्तै गंगोद्यानमा पनि विभिन्न भाव र विचारका सिर्जनाहरुले पुस्तकलाई वजनदार बनाएको छ । पुस्तकको साजसज्जादेखि रचनाहरुको शल्यक्रिया गर्दा विभिन्न सुन्दर फूलहरुको सुन्दर मालाको प्रतीकका रुपमा यसलाई लिन सकिने देखिन्छ ।
गंगोद्यान गंगादेवी मावि, रविओपीको स्वर्ण महोत्सव ०६८ स्मारिका मात्र नभएर पूर्ण र संग्रहणीय पुस्तकको सूचीमा आउन सफल भएको छ । यसमा २१ औं शताब्दीको साहित्य छ, शिक्षा छ, भौतिकवाद छ, अध्यात्मवाद छ । अझ भनौं गंगोद्यानमा जीवन र जगतका असंख्य विषयवस्तु अटाएक छन् । उद्यानमा खप्तडबाबा, रवन्द्रीनाथ टैगोर, स्वामी चन्द्रेश, जस्ताका रचनाका साथै वरिष्ठ साहित्यकार मोहन दुवाल, रामसुन्दर देउजा, कृष्णहरि शर्मा दाहाल, वासुदेव शर्मा रिमाल लगायतका कलमले पनि सुनमा सुगन्ध भरेका छन् । वरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, शिक्षक ज्ञाननाथ पाठक, दीपक शर्मा दाहाल, विष्णुमणि सापकोटा, रामनारायण श्रेष्ठ, रामहरि शर्मा दाहाल, कल्पना हुमागाई, श्यामफूल थापा, रामकृष्ण कर्माचार्य, समेतका सिर्जनाले पनि गंगोद्यानमा महत्पूर्ण स्थान ओगटेका छन् । त्यस्तै पूर्व विद्यार्थी रामकुमार मिजार, हरिओम दाहाल, अमृता महत, विद्यार्थी अस्मिता दाहाल, लामिन लामा, शंकर चौलागाईं, रुपा सापकोटा, बालकुमार थापामगर, सविना थापा, इन्दिरा दाहाल लगायतका रचना पनि सुन्दर र सफल देखिन्छन् । यसरी गंगोद्यान विभिन्न विधाका सामग्री साथ आएकाले यसको उच्च मूल्यांकन गर्न छाती खुम्च्याउनुपर्ने ठाउँ देखिँदैन । तसर्थ नेपाली पुस्तकहरुको भण्डारमा एउटा ठाउँ गंगोद्यानले पनि पाउने अपेक्षा गर्नु पुस्तकको न्याय गर्नु हो भन्ने मेरो ठम्याइरहेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: