खोपासी योग साधना केन्द्र पाँचौं वर्षमा

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

खोपासी । पतञ्जलि योग समिति काभ्रे जिल्ला शाखा अन्तर्गतको खोपासी शाखा स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा शनिबार आयोजित कार्यक्रममा योगगुरु ललितशंकर योगीले चार वर्षअघि खोपासीमा ग्रामीण योग शाखाको रुपमा आफैंले उद्घाटन गरेको स्मरण गराउनु भयो । खोपासीका समाजसेवी, पतञ्जलि योगपीठ हरिद्वारका सदस्य एवं काभ्रे योग समिति सल्लाहकार गणेशदास उलकको आर्थिक तथा भौतिक सहयोगमा २०६४ साल असार ७ गते खोपासी शाखाको स्थापना भएको हो । कार्यक्रममा खोपासी शाखा संयोजक उत्तमदास उलक, जिल्ला शाखा महिला प्रभारी सरिता शाक्य, पतञ्जलि योग समिति काभ्रे जिल्ला शाखाका संयोजक ग्रुवेन तौजले, पनौती संयोजक रमेशचन्द्र कर्माचार्य आदिले बोल्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रमममा योग समिति जिल्ला शाखाका महामन्त्री प्रकाश कायस्थ सल्लाहकारद्वय गणेशदास उलक र दानबहादुर बादेले खोपासी शाखाले समाजलाई दिएको योगदान उल्लेख्य रहेको विचार व्यक्त गर्नु भयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: