खोई स्टेटम्यानसीप ?

प्रकाशित मिती : बुधबार, जेष्ठ २४, २०६९ by   ·   Comments

सम्पादकीय
लथालिङ्ग देशको भताभुङ्ग चाला जस्तो भएको छ हाम्रो नेपाल । दुई छिमेकी मित्रराष्ट्रहरु विकास गरेर कहाँ पुगिसके, हामी अहिलेसम्म राजनीतिक मुद्दामै अल्झिरहेका छौं । २४० वर्षको सामन्तवादको प्रतीक राजतन्त्र फालेर गणतन्त्र ल्याएकोमा गर्व गछौं तर आफैभित्रको सामन्तवादलाई दल र तिनका नेताहरुले फाल्न नसकेको परिणाम हो सबै दलभित्रको असन्तुष्टहरुको आवाज र खोई कुन दलमा एकता छ ? अनि हामी र हाम्रो नेपाललाई कसले नेतृत्व गरिरहेको छ ? को छ हाम्रो आशाको केन्द्र ? कुन नेताले महसुस दिलाएको छ स्टेटम्यानसीपको ? हिजो गिरिजाप्रसाद कोइराला हुँदा अब यी गिरिजाप्रसादले केही गर्छन् भन्ने थियो । शाही शासन अघि र पछि देशको स्टेटम्यानसीपको नेतृत्व कोइरालाले गरेका थिए । तर कोइरालाको अवसानसँग स्टेटम्यानसीपमा खडेरी प¥यो ।
हुन त आफ्ना कुरा मिडियाले बंग्याएकोमा माओवादी अध्यक्ष प्रचण्डले दुखेसो गर्नुहुन्छ । तर उहाँ कति लोकप्रिय हुनुहुन्छ भन्ने कुरा एनेकपा माओवादी भित्रको यो पक्ष र त्यो पक्षको विवादले दिनको घामझैं छर्लङ्ग हुन्छ । कहिले ‘म राष्ट्रपति भन्दा के कम छु र ?’ भन्ने पछिल्लो अवस्थामा देश उहाँमाथि भर परेको थियो । संविधानसभाबाट सहमतिबाट बन्ने लाग्ने बेलामा आदिवासी जनजातिका नेताहरुलाई सडक संघीयता विरोधीले कब्जा गरे तपाईंहरु उठ्नुहोस् भनेपछि देश कतातिर गयो ? यो कुरा साढे तीन करोड नेपालीलाई थाहा छ । संविधानसभाबाट संविधान नआएपछि बन्द, हड्ताल सबै सकिएको छ । सबैलाई अधिकार चाहिने तर नयाँ संविधान चाहिँ कोही कसैलाई पनि चाहिएको रहेनछ भन्ने कुरा अहिले सम्मको वास्तविकताले बताएको छ । हाम्रा दल र तिनका नेताहरुमा सक्षमता नरहेको त हामीले थाहा पायौं त्यो भन्दा बढी दलहरु सत्तालिप्सामा कति रहेछन् भन्ने कुरा अहिले दुई कित्तामा धु्रवीकरण भइरहेको राजनीतिबाट साह्रा नेपालीलाई स्पष्ट भएका छन् ।
अब स्टेटमेनसीपको जिम्मेवारी जसरी पनि राष्ट्रपति डा. रामवरण यादवले निभाउनुपरेको छ । परिस्थितिको गम्भीरतालाई स्वीकार गर्दै सम्माननीय राष्ट्रपतिले कसैले उक्साउँदैमा र कसैले नटेर्दैमा क्रिया र प्रतिक्रिया नदिई देशको यो स्थितिलाई पार लगाउनु पर्नेछ र अब यो तालले देश अगाडि बढ्न सक्दैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निश्चित मिति सम्ममा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने म्याद दिनुपर्छ र त्यो समय सीमामा सबै दल सम्मिलित राष्ट्रिय सरकार गठन नभए राष्ट्रपति स्वयंले राष्ट्रपति शासन लगाएर । यो अन्यौलता समाप्त गर्न संविधानलाई संशोधन गरी मंसीर ७ मा नै संसद्को चुनाव गराउने र मृत्यु भएको संविधान सभाले तयार पारेको अपुरो संविधानलाई संवैधानिक आयोग बनाएर एक महिनाभित्र (असार भित्र) जारी गरेर स्टेटम्यानसीपको भूमिका गर्दा नै सबैलाई स्वीकार होला कि ?


1
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: