‘खेलकुदको विकासमा सकारात्मक संगै काभ्रेको छुट्टै पहिचान बनाउन सकेको छ ।’ -महेशकुमार कर्माचार्य, अध्यक्ष बनेपा ब्वाइज क्लब

प्रकाशित मिती : मङ्लबार, पुस १८, २०७४ by   ·   Comments

प्रस्तुती ः रमेश न्यौपाने

०. बनेपा ब्वाइज क्लब कहिले गठन गर्नुभयो ?

राष्ट्रको लागि खेलकुद , स्वास्थ्यको लागि खेलकुद भन्ने उदेश्यका साथ बालबालिका,युवा, वयस्क सबैलाई खेलकुदको माध्यमबाट शारिरीक ब्यायम गरि शरिरलाई उर्जाशिल बनाउन २०६७ सालमा बनेपा ब्वाइज क्लबको गठन गरिएको हो । यस क्लबमा प्रतिष्ठित ब्यापारी , सञ्चारकर्मी, र उद्योग ब्यवसायी संलग्न हुनुहुन्छ ।

०. बनेपा ब्वाइज क्लब(टिम बिबिसि)को खास उदेश्य के हो ?

काभे्र जिल्लालाई कर्मथलो बनाएर खेलकुदको विकास गर्न मन पराउने उद्योगी, ब्यवसायी, सञ्चारकर्मी र स्थानीय समाजसेवी सवैको सहयोगमा स्थापना भएको यस क्लबले खेलकुदको विकाश र विशुद्ध सामाजिक सेवा गर्न सकेको कुरा यहाँलाई अवगत गराउन  चाहान्छु । बालबालिका र युवाहरुकै खेलकुद जगतको चौतर्फी विकाश गर्न युवा पिडीलाई कुलतबाट बचाउन, बालबालिका, युवा, वयस्क सबैको दिमागलाई तिष्ण बनाउन हामीले क्लब गठन गरेका हौँैँ । यस क्लबमा कर्मठ योग्य एक ब्यवस्थापन गर्ने  टिम छ । स्थानीय बुद्धिजिवी ब्यवसायी, सञ्चारकर्मी सबैको साथले यो अवस्थामा आउन सकेको हो । काभे्र जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउने उदेश्यका साथ हाम्रो टिम बिबिसी सशक्त ढंगबाट लागिपरेको छ । खेलकुदमा इच्छा जागेर गर्ने हरेक ब्यक्तिहरुको लागि प्रशिक्षणको ब्यवस्था गर्ने , कराँते, महिला भलिवल, फुटबल र खेल खेल्न चाहानेहरुको लागि राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण दिन लगाउने कार्य गरिएको छ । स्वास्थ्य जिवन जिउन शरिरमा स्फूर्ती बढाउन, काम गर्न जाँगर चलाउने बनाउन, हामी लागि परेका छौैँ । युवाहरुलाई कुलतबाट बचाउने , बालबालिकाको ध्यान खेलकुद, पढाई तिर मोड्न सक्ने वातावरणको निर्माण गर्ने र श्रृजनात्मक क्रियाकलाप गरि जीवनलाई सकारात्मक दिशामा अघि बढाउन पहलकदमी लिने कार्य यस क्लबले गरेको छ । जिल्लामा रहेका प्रतिभाहरुलाई प्लेटफर्म प्रदान गरि खेलकुदको स्तरीय विकाश गर्ने कार्यमा हामी निरन्तर लागि परेका छौैँ ।

०. बनेपा ब्वाइज क्लबले गरेका हालसम्मकै उल्लेख्य गर्न लायकको कार्यहरु चाहि के के गर्न सक्यो त ?

काभे्रमा काभे्र जिल्ला फुटबल संघ गठन भएको  छ । खेलकुदको विकासमा प्रभावकारी भूमिका खेल्न सकेको थिएन । हामीहरुले २०६७  सालमा बनेपा ब्वाइज क्लब गठन ग¥यौैँ । खेलकुदको गुणस्तरीय विकास गरी डिभिजन बी  र सी डिभिजन खेल्न सक्ने क्षमतावान फुटवल खेलाडीहरु हाम्रो क्लबले उत्पादन गर्न सकेको छ । २०६७ सालको जिल्ला लिग , २०६९ मा जिल्लामानै फुटबल खेलमा राम्रो प्रगति गर्न सक्यौ । प्राकृतिक विपत्ती पर्दा आपद विपद परेका ब्यक्तिहरुलाई आर्थीक सहयोग उपलब्ध गराउन सकेको छ । बनेपाका सामाजिक संघसंस्थाहरु, लायन्स ्क्लब , लियो क्लब , काभे्र उद्योग बाणिज्य संघसंग समन्वय गरि २०७२ साल बैशाख १२ गते र २९ गते गएको बिनाशकारी भूकम्पले तहसनहस बनाएका बस्तीहरुमा गएर हाम्रो क्बलका मित्रहरुले राहत प्रदान गरेको छ । पाँचखाल नगरपालिकाको रामपुर गाउँमा कलाकारहरुसंग मिलेर ४० वटा अस्थाई टहरा बनाउने कार्य भयो । ३ महिना अघि मात्र काभ्रे जिल्लाको गौरव महसुस गराउने बनेपा महोत्सव गर्ने कार्य भयो । विश्वकै अति सुन्दर खेल फुटबल खेल, महिला भलिवल , कराँते खेल, कलाकौशलको प्रदर्शन , नेवारी कल्चरको संरक्षण गर्ने कार्य भएको छ । धनेश्वर मन्दिर तल उग्रेश्वर मन्दिरको संरक्षण गर्ने कार्यको बनेपा महोत्सवले ग¥यो । घरेलु उत्पादनलाई प्रोत्साहन गर्न, काभे्र जिल्लाका ग्रामिण बस्तीमा उत्पादन भएका कृषि उपज, पशुपालन ब्यवसाय, दुग्धब्यवसाय लगायतलाई बजारीकरण गर्ने उपयुक्त वातावरण निर्माण गर्ने कार्य हाम्रो बनेपा ब्वाइज क्लब (बि.बि.सि) ले गर्न सक्यो । त्यसमा हामी गर्ब गछौैँ । त्यो कार्य सफल हुन तमाम काभे्र जिल्लाबासी स्थानीय बुद्धिजिवी, प्रतिष्ठित ब्यक्तिहरु, सञ्चारकर्मी ब्यवसायी, संघसंगठनका प्रतिनिधि सबैको सहकार्यमा सफल भएको मैले ठानेको छु । आगामि दिनमा यो भन्दा ठूलो आकर्षण सहितको महोत्सव आयोजना गरि सबैको आर्थिक उन्नती गर्न सक्ने वातावरण बनाउने तिर हाम्रो ध्यान जानेछ भन्न चाहान्छु ।

 ० गैर सरकारी संघसंस्था भन्ने बित्तिकै आम नागरिकहरुको बुझाई विदेशीहरु गुहारेर कमाइ खाने भाँडो बनाए भनेर टिप्पणी गर्छन नी तपाइँलाई के लाग्छ ?

सामाजिक संस्था भनेपछि विशुद्ध समाजको सेवा गर्ने संस्थाको रुपमा कार्य गर्नुपर्छ । व्यापारिक र व्यवसायिक ढङ्गबाट सञ्चालन गरिनु हुन्न । केही सामाजिक संघ संस्थाले नीति विधि र प्रक्रियाभन्दा फरक ढङ्गले कानुनलाई  लत्याउँदै अप्ठ्यारो परेको छ । विदेशीदाताहरुलाई प्रभावमा पारेर आर्थिक सहायता ल्याउने जनचेतनामुलक कार्यमा खर्च गरेर सहायता रकम सिध्याउने, जुन लक्षित वर्गमा पुग्नुपर्ने हो त्यो हुनै नसकेका छन् । यस्तो गलत कार्य गर्नु ठिक छैन । कानुनभन्दा माथि गएर कार्य गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ । राम्रो कार्य गर्नेलाई पुरस्कृत गर्नुपर्छ । हाम्रो बनेपा ब्वाइज क्लबले अहिलेसम्म कुनै विदेशी सहायता लिएको छैन । यहाँका स्थानीय बुद्धिजिवी उद्योगी व्यवसायि सञ्चारकर्मी नवयुवा जमातबाट लिइएको सहयोगबाट क्लब सञ्चालन भएको छ । ७५ जना व्यक्तिबाट हरेक वर्ष १०÷१० हजारको दरले रकम संकलन गरि क्लब सञ्चालन भएको जानकारी गराउन चाहन्छु । स्वास्थ्यको लागि राष्ट्रको लागि खेलकुद भन्ने अभिप्रायका साथ खेलकुदको माध्यमबाट जिल्लाको पहिचान बनाउन सकेको छ । ८ वर्षदेखि २४ वर्षसम्मका व्यक्तिहरुलाई खेलकुदको विकास गर्न क्लबमा आबद्ध बनाई राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण दिने कार्य गरिएको छ भने राष्ट्रिय विपद आइपर्दा प्राकृतिक प्रकोप हुदा भिन्न संघ संस्थासँग समन्वय गरि भुमिका निर्वाह गरि समाजसेवामा लागेको कुरा यहाँलाई अवगत गराउन चाहन्छु ।

० प्रसंग बदलौँ, तपाई त नेपाली कांग्रेस बनेपा नगरसमितिको सचिव हुनुहुन्छ । व्यवसाय अनि बनेपा ब्वाइज क्लबको अध्यक्ष एक व्यक्ति अनेक कार्य गर्न समयको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?

समाज परिवर्तन गर्न होस या व्यवसायिक कार्य वा किसानहरुले कृषि उपज उत्पादन गर्न आफ्नो इच्छा शक्तिलाई जाग्रीत गराएर आ–आफ्नो दक्षता क्षमता प्रयोग गरेर कार्य गर्ने हो अनि मात्र समाजमा हामीले चाहेको परिवर्तन सामाजिक विभेदको अन्त्य हुन सक्छ । त्यही अनुरुप क्लबका सहयात्री मित्रहरुको विश्वास र साथका कारण नेतृत्वमा पु¥याइदिनु भएको छ । युवा वर्गलाई संगठीत गर्दै खेलकुदको स्तरीय विकासमा लागेको छु भने नेपाली कांग्रेस पार्टी भनेको जनताको हक अधिकारको लागि जनताको मुक्तिको लागि र जनताका दैनिक जीवनमा हाँसो र खुसी ल्याउन, जनजिविकालाई सहज बनाउन निरन्तर लागि परेको पार्टी भएकोले म यो पार्टीमा लागेको हो । मेरो बाजेको राजनीति प्रतिको निष्ठा र दाई डम्बरबहादुर कर्माचार्यको प्रेरणाले म नेपाली कांग्रेस पार्टीमा लागि परेको हँु । सिन्धुली जिल्ला विपि जन्मेको जिल्ला जो जनप्रिय नेता हुनुहुन्थ्यो । जीवनभर जनताको हकअधिकारमा लडेका व्यक्तिको आदर्श र विचारलाई आत्मसाथ गरेर जनसेवामा लाग्ने निधो गरेँ । व्यवसाय, सामाजिक संघसंस्था र पार्टीमा मेरो समय व्यवस्थापन गर्न मलाई कुनै समस्या छैन मेरो जीवनसंगीनी प्रमिला कर्माचार्य, माता पिता, दाजुभाईहरु सबैको सहयोगले व्यवसाय राम्रोसँग चल्न सकेको छ । राजनीति पेसा होइन सेवा हो । उत्पादनमुलक कार्य गरि आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्छ । राजनीति गर्छु भनेर मात्र हुदैन अब नेता बन्नेहरुको उद्योग व्यवसाय के छ कसरी सञ्चालित छन् भनेर जनताले नियाली रहेका छन् । राजनीतिमा समाजलाई चिन्न सक्ने देश विकासमा मदत पु¥याउन सक्ने युवावर्गको इच्छा र आवश्यकतालाई परिपुर्ति गर्न सक्ने राम्रो चरित्र भएको व्यक्ति मात्र राजनीतिमा लाग्नुपर्छ अनि मात्र देशले मुहार फेर्न सक्छ । दैनिक २ हजार ५ सय युवा विदेश पलायन भएका छन् । युवा वर्गको क्षमता र तागतलाई देशको विकासमा संलग्न गराउन उनीहरुको योग्यता अनुसारको कार्य गर्न पाउने वातावरण बनाउन सक्नुपर्छ । रुग्ण अवस्थामा उद्योगधन्दा कलकारखाना सञ्चालन गर्ने नयाँ सम्भावनाहरुको खोजी गर्ने कार्य गरिनुपर्छ । सामाजिक सुरक्षालाई मजबुत बनाइ देशमा  कानुनीराजको प्रत्याभुत गराउन सक्नुपर्छ । उद्यमशिलताको विकास गरि देशलाई आत्मनिर्भर बनाउनुपर्छ । परनिर्भर हुनबाट बच्नसक्यो भनेमात्र देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्नेछ भन्ने चाहन्छु ।

० लोकतन्त्रको खम्बा मानिने पार्टीमा आन्तरिक लोकतन्त्र चाहि कमजोर भएर नेपाली कांग्रेस पार्टीले स्थानीय तह, प्रदेश सभा प्रतिनिधि सभाको निर्वाचनमा हार बेहोर्नुपरेको विश्लेषकहरुले बताइरहेका छन् । पार्टी भित्रको गुट उपगुट परास्त गरि पार्टीमा सुदृढिकरण कहिले थालनी गर्ने त ?

यहाँले उठाउनुभएको जिज्ञासा भएको सहि छ । ढाँटीराख्नु पर्ने कुरा छैन । जिल्लादेखि केन्द्रसम्मका अधिकांश नेताहरु आफुले आफैँलाई नेता मान्ने प्रचलन हावि भयो । जनता र कार्यकर्ताले विश्वास गरेका नेतागण थोरै हुनुभयो । आफुभित्रको मपाइत्वको अन्त्य गरि जनताका पिरमर्का समस्यालाई सम्बोधन गर्ने गरि अग्रजहरुलाई सम्मान युवा वर्गलाई पार्टीको जिम्मेवारी दिएर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन जरुरी छ । यो कार्य पार्टी भित्रका दिग्गज व्यक्तिहरुले आवाज उठाइ रहनुभएको छ । केही दिनपछि नै युवा पिढीलाई सशक्त ढङ्गबाट अघि बढाउनेगरि नेपाली कांग्रेसले कार्ययोजना अघि बढाउँछ । नेतृत्वतहको कमीकमजोरीका कारण नै स्थानीय तह, प्रदेश सभा प्रतिनिधि सभा निर्वाचनमा कम  सिट ल्याएको छ तर पार्टीले समानुपातिक तर्फ उत्साहजनक मत प्राप्त गरेको छ । दोस्रो दल बनेर धेरै कमजोर बनेको नसोच्दा हुन्छ । पार्टी भित्रका केही कमीकमजोरी हटाएर अघि बढ्दा नेपाली कांग्रेस पार्टी पुनः पहिलो पार्टी बन्छ । त्यसमा दृढता पुर्वक सबै लागि पर्नुपर्छ भन्न चाहन्छु । आफैँमा मात्र पदमा बस्नुपर्ने तल्लो तहका नेता कार्यकर्तालाई माथि आउन रोक लगाउने कार्यलाई सबैले चिर्न सक्नुपर्छ भन्न चाहन्छु ।

० अन्त्यमा ?

खेलकुदको विकास गरि राष्ट्रिय रुपमा परिचित गराउने उद्देश्यका साथ बनेपा ब्वाइज क्लब गठन भएको हो । प्रतिभावान युवाहरुलाई सामेल गराइ खेलकुदको विकास गर्ने र स्वास्थ्य जीवन बिताउन मदत पुग्ने कार्य बनेपा ब्वाइज क्लबले गरेको छ । राष्ट्रिय खेलमा नै ए डिभिजन र बि डिभिजनका खेलाडीहरु उत्पादन गरि मासिक रुपमा तलब खाएर खेलकुदलाई नै पेसा बनाएर आत्मनिर्भर हुने बाटो अवलम्बन गर्न सकेको छ । ५ महिना अघि मात्र हाम्रा क्लबका जर्ज प्रिन्स कार्की राष्ट्रिय टिममा फुटबल खेल खेल्ने अवसर जुट्यो भने यो सकारात्मक पक्ष हो । क्लबले समाजमा सामाजिक सेवा गर्दै खेलकुदको विकासमा सकारात्मक पहलकदमी चालेको छ । यसमा सबैको साथ र सहयोग प्राप्त गरेको हुदाँ आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्न चाहन्छु ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: