क्यान काभ्रेको योजना तर्जुमा

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

बनेपा । कम्प्युटर एशोसियसन अफ नेपाल क्यान काभ्रेले आव २०६९÷०७० को लागि कार्य योजना तर्जुमा कार्यशाला गोष्ठी शनिबार सम्पन्न गरेको छ । कार्यक्रममा बोल्नुहुँदै क्यान काभ्रेका पूर्व अध्यक्ष मनोजकुमार न्यौपाने, पत्रकार मधुसुदन गुरागाईंले सूचना प्रविधिलाई जीवनपयोगी बनाउनुपर्ने र यसका लागि जीविकोपार्जनसँग सम्बन्धित कृषि, दुग्ध, स्वास्थ्य, शिक्षा, लगायतका कार्यहरुमा यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा ई–लर्निङ, ई–एजुकेशन, ई–ट्याक्स, कम्प्यूटर इन्स्टिच्युटहरुमा पढाइ हुने पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, आईटीसँग सम्बन्धित विभिन्न अन्तरक्रिया कार्यक्रम, खुल्ला सफ्टवेयर निर्माण, क्यान इन्फोटेक, सफ्टेक, ई–भिलेज लगायतका विषयमा छलफल भएको थियो । क्यान काभ्रेका अध्यक्ष कैलाश पलाञ्चोकेको सभापतित्व तथा महासचिव नवराज भूर्तेलको संचालनमा भएको गोष्ठीमा श्रवणकुमार आचार्यले स्वागत गर्नु भएको थियो ।
गोष्ठीले पाँचखाल मण्डन क्षेत्र निरञ्जन अधिकारी, पनौती कुशादेवी क्षेत्र वासुदेव अधिकारी, धुलिखेल भकुण्डे क्षेत्र जयबहादुर राई र बनेपा नाला साँगा क्षेत्र आनन्द दाहालको संयोजकत्वमा उप–समितिहरु पनि निर्माण गरेको छ । त्यस्तै कैलाश पलाञ्चोके संयोजकत्वमा अनुसन्धान विकास तथा समन्वय उपसमिति, मधुसुदन गुरागाई श्रोतव्यक्ति र विष्णु जमरकट्टेल संयोजक रहेको समुदायमा सूचना प्रविधि उपसमिति, प्रभा वादे श्रोतव्यक्ति र निशा थापा संयोजक रहेको सूचना प्रविधिमा महिला उपसमिति र विनोद न्यौपाने श्रोत व्यक्ति, कौशलराज खड्का संयोजक रहेका प्रचार प्रसार उप–समिति गठन गरेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: