क्यान्सरको नालीबेली

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

डा. सुमनराज ताम्राकार

रेडियोथेरापी

यो विकिरणका माध्यमबाट जीवित तन्तुलाई असर पु¥याई रोगको उपचार गर्ने प्रविधि हो । यथेष्ट मात्रामा विकिरण दिएपछि कोष वृद्धि हुने क्षमता वा कोषलाई नै ध्वस्त पार्दछ । रेडियम, सेसियम, कोबाल्ट, इरिडियम, सुन, आयोडिन, फस्फोरस लगायतका रेडियो आइसोटोपहरु बढी जसो स्त्री जननेन्द्रिय क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । विकिरणको श्रोत सम्बन्धित वा लक्षित अङ्ग जजिकै राखेर (ब्राकीथेरापी) वा विकिरण अर्थात् इलेक्ट्रोम्याग्नेटिक किरण अलि टाढा राखेर (टेलीथेरापी) दिइन्छ ।

क्यान्सरमा अनियन्त्रित तवरमा अनावश्यक कोष वृद्धि हुन्छ । रेडियोथेरापीबाट बढी जसो यसरी छिटो छिटो वृद्धि हुने खालको कोषलाई नष्ट गर्दछ । जसले गर्दा जटिलताका रुपमा शरीरमा नियमित रुपमा छिटो छिटो परिवर्तन हुनुपर्ने कोष तथा तन्तुलाई पनि नकारात्मक असर पु¥याउँछ । त्यसैले छाला, खाद्य नली, पाचन नली, मुत्र नलीको सतही कोष, रक्तकोषहरुमा असर पुगी रेडियोथेरापीको उपचारपछि वाकवाकी लाग्ने, खाना अरुची हुने, उल्टी आउने, पखाला लाग्ने, रक्तअल्पता हुने, रगतमा श्वेत रक्तकण तथा प्लेटलेट्सको संख्या घट्ने, सानो एवं ठूलो आन्द्राको सुजन हुने, पिसाब थैली सुन्निने, रगत जस्तो पिसाब हुने, छाला खुइलिन जस्ता जटिलता देखा पर्न सक्छ ।

रेडियोथेरापी दिएको लामोे समयपछि छाला तथा योनीद्वार साँगुरिने, फोक्सो, हड्डी त्यतिकै भाँचिने, आन्द्रा साँगुरिने, दिसामा रगत देखापर्ने, आन्द्रा प्वाल पर्ने, डिम्बाशयले फेल खाने, खाना नपच्ने जस्ता समस्या देखा पर्दछ । पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सरमा अन्य स्त्री जननेन्द्रिय क्यान्सर अन्यत्र पैmलिँदा पनि बढी जसो रेडियोथेरापी नै दिइन्छ ।

केमोथेरापी

विशेषतः क्यान्सरमा प्रयोग गरिने औषधोपचारलाई केमोथेरापी भनिन्छ । क्यान्सर रोगलाई निको पार्न, दोहोरिने क्रिया रोक्न तथा असाध्य भैसकेपछि बिरामीका लक्षणचिन्ह सहज बनाउन केमोथेरापी प्रयोग गरिन्छ ।

अल्कालोईड, एन्टीमेटाबोलाइट, एन्टीबायोटिक, अल्कालेटिङ, हर्मोन तथा विविध गरी विभिन्न समूहका केमोथेरापीका औषधिहरुले कोष निर्माण अर्थात् कोष वृद्धि चक्रका विभिन्न चरणमा असर पु¥याइ क्यान्सर कोषलाई नष्ट गर्दछ ।

केमोथेरापीबाट हुने जटिलता रेडियोथेरापीको जस्तै हो । कतिपय केमो औषधिले रांैका जरा, मुटु, रक्तसंचार, कलेजो, फोक्सो, स्नायु प्रणाली, शरीरको प्रतिरक्षा प्रणाली तथा जननेन्द्रियलाई पनि नकारात्मक असर पु¥याउँछ । इम्युनोथेरापी

केमोथेरापीको परिस्कृत रुपमा हालै मात्र विश्व बजारमा इम्युनोथेरापी पनि प्रयोग गर्न थालेको छ । इम्युनोथेरापीले क्यान्सरसँग लड्नको लागि शरीरको प्राकृतिक प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । यस थेरापीले क्यान्सर कोषमाथि जाइ लाग्न मद्धत गर्दछ । अहिलेको परिप्रेक्ष्यमा नेपालको लागि निकै महँगो यस थेरापीका थप फाईदाहरु विस्तृत रुपमा आउन बाँकी छ ।

लेजर थेरापी

लेजर एक प्रकारको विकिरण हो जुन यसको अंग्रेजी नामको छोटो रुप मात्र हो । लेजर विकिरणबाट सेकेर विभिन्न रोगको उपचार गर्न सकिन्छ । लेजर मेशिनभित्रको एम्प्लिच्युडमा ठक्कर खाएर उत्तेजित भई निस्केको किरणका छाल एकै दिशामा गई शरीरका भित्री कोशिकाहरुहरुमा पुगेर रक्तकोशिकाहरुलाई उत्तेजित र क्रियाशील गराउँछ । जसका कारण रक्तप्रवाह बढ्न गई रोगीका कोशिकाहरुलाई चहिने अक्सिजन तथा पोषण तत्वहरु पर्याप्त मात्रामा पु¥याउन मद्धत पुग्छ । यसको किरणले कोष निर्माण प्रक्रिया तीब्र बनाइदिने तथा रगत शुद्धिकरण पार्न मद्धत गर्दछ । यो उपचार विधिले जीर्ण खालका संक्रमण तथा लामो समयदेखिको दुखाईलाई कम गर्न मद्धत मिल्छ ।

लेजरका किरण शरीरको संक्रमित वा अशक्त अंगको बाह्य छालाबाट मांसपेशीको २ देखि ४ सेन्टिमिटरको गहिराईसम्म पुग्छ । स्त्री रोगमा पाठेघरको मुखको जीर्ण संक्रमण तथा लामो समयदेखि सेतो पानी बग्ने समस्या भएकी महिलामा तथा कतिपय क्यान्सरमा पनि लेजरथेरापी दिन सकिन्छ ।

क्यान्सरबाट बच्न व्यक्तिगत पहल

पोषिलो खानेकुरा खाने

सकभर तारेको भुटेको कम खाने

नियमित व्यायाम गर्ने, शारीरिक उचाई अनुसार तौल नियन्त्रणमा राख्ने

पर्याप्त आराम तथा सुत्ने, तनाव, चिन्ता कम गर्ने योग ध्यान रिल्याक्सेसन थेरापी गर्ने

यौनाङ्ग एवं शारीरिक सरसफाईमा ध्यान दिने

धुम्रपान एवं मद्यपान नगर्ने (क्यान्सरको दृष्टिले सुर्ती सेवन पान सुपारी त झनै हुँदैन ।

ग्याजेटको उपयोग सकभर कम गर्ने

एक्सरे लगायतका विकिरणबाट बच्ने

चर्को घाम तथा परावैजनी किरणको सम्पर्कबाट छालालाई बचाउने

रंगरोगन तथा यस्तै काममा सजगता अपनाउने

वर्सेनी चिकित्सकको सल्लाह बमोजिम होल बडी चेकअपको क्रममा सम्भावित क्यान्सरका स्क्रिनिङ जाँचहरु पनि गराउने

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: