क्यानको नेतृत्व कैलाशले गर्ने

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

बनेपा- कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) काभ्रेको विशेष साधारण सभा तथा छैठौं अधिवेशन शनिबार सम्पन्न भयो । क्यानका केन्द्रीय सचिव अमृतकुमार पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व क्यान काभ्रेका अध्यक्ष निरन्जन मानन्धरले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष जयराम हुमागाईंले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष निरन्जन मानन्धरले संस्थाको प्रगति विवरण र कोषाध्यक्ष बलराम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष दिलिपकुमार मुखिया, क्यान काभ्रेका निवर्तमान अध्यक्ष मनोजकुमार न्यौपाने, पूर्व अध्यक्ष शेखरनाथ दुलालले मन्तव्य राखेका थिए । क्यान काभ्रेको विशेष साधारण सभाले कैलाश पलाञ्चोकेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जयराम हुमागाईं, महासचिव नवराज भुर्तेल, सचिव दिपक बस्नेत र कोषाध्यक्ष बलराम श्रेष्ठ, कार्यसमिति सदस्यमा पवनराज कर्णजीत, सुशन राजवंशी, रामचन्द्र न्यौपाने र श्रवणराज आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: