कोल्डचेनको आवश्यकता

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

– हरिप्रसाद दुवाल (स्यानिटेरियन)
“खोप कार्याक्रमको केन्द्रबिन्दु हो कोल्डचेन ।”
कोल्डचेनलाई बचाउने काम (१) सरकार वा केन्द्रका पदाधिकारीहरु (२) जिल्ला, अञ्चलहरुमा कार्यसँग सम्बन्धित पदाधिकारी डाक्टरहरु, जनस्वास्थ्य अधिकृतहरु, नर्सेजहरु र अहेवहरु र भ्याक्सिनेटरहरु (३) भ्याक्सिनेसन सेन्टरसँग सम्बन्धित अभिभावकहरु सबैको रेखदेख गर्ने उत्तरदायित्व हुन्छ ।
कोल्डचेनको राम्रो व्यवस्था भए नभएको निगरानी राखी कहिँ केही त्रुटि भएको छ भने विश्व स्वास्थ्यका सल्लाहकारहरुबाट केन्द्रीय कोल्डचेन लगायत कोल्डचेनसित सम्बन्धित जिल्ला, अंचलका अस्पतालहरु, हेल्थपोष्टहरुमा नियमित भण्डार गरिएका भ्याक्सिन कुन अवस्थामा छ अध्ययन गरी सुधारको लागि तालिमहरुको व्यवस्था, सल्लाह, सुझाव, भ्याक्सिनको रेखदेख गरीरहेका सबै स्तरका स्टाफहरु समेत राखी सल्लाह सुझाव गर्नु नितान्त आवश्यक हुन्छ ।
कोल्डचेन एक किसिमको व्यवस्था हो । जुन भ्याक्सिन केन्द्रमा स्टोर गरेदेखि यसलाई अञ्चल, जिल्ला र खोप केन्द्रहरुमा समेत गाडीबाट ढुवानी गर्दा समेत एकै प्रकारले कोल्डचेन निर्वाह गरीराख्नु आवश्यक हुन्छ । हाल अन्तराष्ट्रिय स्तरमा तापक्रम धेरै उच्च र धेरै निम्न हुँदा अफ भ्याक्सिन जोखिममा हुने अध्ययन पश्चात हाल सबै स्टोरहरु लगायत ढुवानी गर्दा समेत तापक्रम –२ड्ढ देखि –८ड्ढसे मा राख्ने निर्णय गरेको छ ।
तर नेपालमा अस्पतालहरु र हेल्थपोष्टहरुमा चलाई रहेको रिफ्रिजरेटरहरु धेरैजस्तो घरायसी कामको लागि खानेकुरा स्टोर गर्न निर्माण भएको रिफ्रिजेरेटरमा देखिन्छ । हालको अनुसन्धान अध्ययन पछि भयाक्सिन राख्न छुट्टै किसिमको रिफ्रिजेरेटर (पीवीभीआर) नामक बनाएको छ । केन्द्रिय गोदामबाट जिल्लाहरुमा र जिल्लाको अस्पतालहरुबाट खोपकेन्द्रमा भ्याक्सिन ढुवानी गर्दा पहिले विस्तारित खोप आयोजनाले चलाएको कोल्डबक्सहरु अत्यन्तै व्यवहारिक र उपयोगी छ ।
विफर उन्मूलन आयोजनामा २०२७ साल देखि २०३४ सालसम्म आयोजनाको सिनियर सुपर भाइजर भै कामगरी विफर उन्मूलनको २०३४ मा घोषणा सरकारबाट विश्व स्वास्थ्य संघ लगायत अन्तर्राष्ट्रिय संस्थाहरुको रोहवरमा विफर उन्मूलन भएको उपलक्ष्यमा प्रोजेक्ट चीफ डाक्टर १ हामी स्यानिटेरियनहरु (सिनियर सुपरभाइजरहरु) ५ तथ्याङ्क अधिकृत १ स्टोर सुपरभाइजर १ जम्मा ८ जनालाई प्रशंसनीय कार्य गरेको भनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
हाल नेपालमा लोड सेडिङ्गको कारणले पनि जिल्ला जिल्लाको स्टोरमा रहेको भ्याक्सिन अत्यन्तै जोखिमपूर्ण अवस्थामा छन् । केन्द्रबाट जिल्लाहरुमा आवश्यकता अनुसारको भ्याक्सिन मात्र पठाउनु पर्छ । पालियोको थोपा र दादुराको भ्याक्सिन चाहिं १ महिनाको लागि मात्र खोपकेन्द्र र खोप लिन नाम लेखाएका बाल–बालिकाको संख्या हिसाब गरेर मात्र पठाउनु पर्छ ।
हाल खोप कार्यक्रम अस्पताल, हेल्थपोष्ट तथा जनता साथ दिएका कम्यूनिटी सेन्टरहरुमा पनि संचालन भैरहेको देखिन्छ । यी खोपहरुबाट (१) पोलियो माईलाईटीस (२) दादुरा यो रोग भाईरसजन्य भएकोले रोगीको नाक, मुखबाट खोक्दा, हाच्यूँ गर्दा खोप नलिएका असुरक्षित बालबालिकालाई तुरुन्तै सर्छ । (३) वीसीजी यो क्षयरोगबाट आक्रान्त रोगीबाट फोहर गरीएका खानेकुरा खाने र खकारमा जीवाणु भएका रोगीसँग बस्ने, जुठो खाने वीसीजी खोप नलिएका बालबालिकालाई सर्ने रोग हो । (४) दिपथेरीया, हुपिङ्गकफ र टिटानस यी तीनै रोगबाट बालबालिकालाई डीपीती खोपबाट बचाउँछ (५) जापानीज इन्सेफलाइटीसबाट बचाउन पनि हाल भ्याक्सिन खास गरेर तराईका अस्पताहरुमा दिईरहेको छ । यो डरलाग्दो रोगबाट बच्न तराई निवासी सबैले खोप लिनु आवश्यक हुन्छ ।
नेपालमा अझै पनि जनस्वास्थ्य मन्त्रालय नभएको र सबै कार्यक्रम अर्थात जनस्वास्थ्य अधिकृतहरु पनि मेडिकल इन्चार्जहरुको अन्तरगत काम गर्नुपर्ने वाध्यताको कारण खोप कार्यक्रमसँग सम्बन्धित नर्सेजहरु र अहेवहरु समेतलाई खोप र कोल्डचेन सम्बन्धित विशेष तालिम दिन विश्वस्थास्थ्य संघले श्रीलंका जस्तो देशमा फेलोशिप दिएर अध्ययनको लागि पठाउनु पर्छ ।
दादुरा, पोलियोमाइलाईटीस जस्तो रोगको भ्याक्सिन नियमित संचालन भएको क्षेत्रमा पनि यी रोगहरु फैलिएको खबर यो पक्कै पनि कोल्डचेनको गडबडी हुनुपर्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: