केयूको २३  औं दीक्षान्त समारोह सम्पन्न

प्रकाशित मिती : मङ्लबार, मंसिर ५, २०७४ by   ·   Comments

शिक्षामन्त्री एवं काठमाडौँ विश्वविद्यालय(केयू)का सहकुलपति गोपालमान श्रेष्ठले शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौं विश्वविद्यालयको २३औं दीक्षान्त समारोहमा बोल्दै उहाँले देश विकासको जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो । आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सरकार सक्षम रहेको भन्दै उहाँले नेताहरुलाई लक्षित गरि बम विष्फोट भइरहेकोमा सरकार सतर्क भइ काम गरिरहेको बताउनुभयो । डा. मोहनमान सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहमा पोस्टग्राजुएटतर्फ १७८, एमबीबीएसतर्फ ५७२, बडीएसतर्फ १५५, बीएसी नर्सिङकतर्फ २०८ जना, बीएनएसका ५९ जना गरी कुल ११ सय ९१ विद्यार्थी दीक्षित भएका थिए । यस वर्षको भाइस चान्सलर स्वर्णपदक भने काठमाडौं मेडिकल कलेजका प्रबल केसीले (८०.२६ प्रतिशत) प्राप्त गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको दिक्षान्तमा विशिष्ट विद्वान, विद्यार्थी, अभिभावक, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: