कायस्थ समाजको प्रथम साधारण सभा

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

बनेपा । ङाबुकस (कायस्थ) समाजको प्रथम साधारण सभा संस्थापक अध्यक्ष बालकृष्ण कायस्थको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । समाजका अध्यक्ष शान्तिराज कायस्थको सभापतित्वमा भएको कार्यक्रममा संस्कृतिविद् छत्रबहादुर कायस्थले कायस्थहरुको उत्पत्ति र उनीहरुले गरेका ऐतिहासिक कार्य आदिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समाजका उपाध्यक्ष लम्बोदर कायस्थले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव प्रकाश कायस्थले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमनकृष्ण कायस्थले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कृष्णप्रसाद कायस्थको संचालनमा भएको कार्यक्रममा बनेपामा छरिएर रहेका कायस्थहरुलाई एकजुट पार्दै हकहितका लागि विभिन्न कार्य गर्दै जाने बताइएको थियो । भक्तपुर चाँगुनारायणबाट दुईजना कायस्थ दाजुभाई बनेपा आएपछि यहाँ कायस्थहरुको वंश विस्तार भएको उल्लेख गरिएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: