काभ्रे मिनिबसको ३४ औं वार्षिक साधारण सभा

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

काभ्रे मिनिवस सेवा समितिको ३४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम पोखरास्थित होटल लैण्डमार्कमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रप्रति सरकार उदासिन रहेको र यातायातको अत्यावश्यक वस्तु इन्धन झन् झन् अभाव हुँदै गइरहेको बताउँदै सरकार यस्तै किसिमले उदासिन रहेमा यातायात व्यवसायीहरु आन्दोलनमा जान बाध्य हुने व्यक्त गर्नुभयो ।

काभ्रे मिनिवस सेवा समितिका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजेशसुन्दर सैंजू, निर्वाचन अधिकृत श्यामकृष्ण तौजले, अरनिको राजमार्ग समन्वय समितिका अध्यक्ष रमेश बैद्य, काभ्रे बस व्यवसायी संघका अध्यक्ष कृष्णचन्द्र पलाञ्चोके, हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेश श्रेष्ठ, हिमाल तराई यातायात समितिका संयोजक आत्माराम थापा, बागमती टिपर व्यवसायी संघका अध्यक्ष राजधक्त प्रधान तथा पतञ्जली योग समितिका काभ्रेका अध्यक्ष ग्रोवेन तौजलेले शुभकामना मन्तव्य दिनु भएको थियो ।

सचिव शान्तराज ताम्राकारबाट वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुमनकृष्ण कायस्थबाट अनुमानित बजेट पेश गर्नुभएको थियो । वार्षिक साधारण सभाबाट नेपालमै पहिलो पटक समिति अन्तर्गत संचालन हुने गाडीधनीहरुलाई प्रत्येक वर्ष पाँच लाखको विमा, परिचयपत्रको व्यवस्था र परिचय पत्र भएका गाडी धनीहरुलाई समितिको गाडीमा यात्रा गर्दा विशेष छुटको व्यवस्था, नयाँ एम्वुलेन्स गाडी खरिद गर्ने तथा यात्रुहरुको सुविधालाई ध्यानमा राखि हाल सञ्चालन भइरहेका गाडीहरु मध्ये सन् १९९८ देखि २००० मोडलसम्मका गाडीहरु हटाई नयाँ गाडीहरु सट्टा भर्ना गर्ने प्रक्रिया अगाडी बढाउने भएको छ ।

वार्षिक साधारण सभाले अध्यक्ष पदमा सुरकृष्ण बैद्य, उपाध्यक्ष राजेशसुन्दर सैंजू, सचिव शान्तराज ताम्राकार, कोषाध्यक्ष सुमनकृष्ण कायस्थ, सहसचिव त्रिरत्न रञ्जितकार, सह कोषाध्यक्ष कृष्णलाल नकर्मी तथा सदस्यहरुमा अजितसिं भैल, गंगाराम कर्माचार्य, हरिशरण शाही, रघुनाथ मातांछे, नरेन्द्रराज हलुवाई, विदुर खत्री, सुनिलसुन्दर श्रेष्ठ, लक्ष्मीप्रसाद प्रधान र जयकृष्ण खड्गी निर्विरोध निर्वाचित गरेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: