काभ्रे बसको नेतृत्व रत्नले गर्ने

प्रकाशित मिती : मङ्लबार, साउन २३, २०६९ by   ·   Comments

बनेपा । काभ्रे बस व्यवसायी संघको २५ औं वार्षिक साधारण सभाले रत्न श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । समितिमा प्रथम उपाध्यक्ष दिलबहादुर शाही, द्वितीय उपाध्यक्ष मञ्जुकुमार श्रेष्ठ, सचिव वर्ण शाक्य, कोषाध्यक्ष बालभक्त प्रधान, सहसचिव मोहनविनोद बजगाईं, सह कोषाध्यक्ष सत्यजीत भैल तथा सदस्यहरुमा विजय श्रेष्ठ, धर्मेन्द्र शाक्य, वीरबहादुर लामा, सहदेव कर्माचार्य, बुद्धिकुमार कोजू, लखनलाल तुसुजू, सुजन पोटे र वेनगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

साधारण सभाको उद्घाटन नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष केदार क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय मिनीबस संयोजक सुरकृष्ण वैद्य, प्रथम उपाध्यक्ष दिलसुन्दर शाही लगायतले यातायात क्षेत्रमा विद्यमान समस्या र समाधान विषयमा बोल्नुभएको थियो । संघका अध्यक्ष कृष्णचन्द्र पलाञ्चोकेको सभापतित्वमा भएको कार्यक्रममा सचिव अनिलकुमार भैलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्न श्रेष्ठले आर्थिक प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गरेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: