काभ्रे उद्योग वाणिज्य संघको ३६ औं सभा

प्रकाशित मिती : मङ्लबार, साउन ३०, २०६९ by   ·   Comments

बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ३६ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व र स्वागत काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष दियेशरत्न शाक्यले गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कल्याणकृष्ण ताम्राकार, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की, बनेपा नपाका कार्यकारी अधिकृत सुरथ पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेशराज पौडेल हुनुहुन्थ्यो । प्रमुख अतिथि कर्णिकारले काभ्रे शिक्षा, स्वास्थ्य र कृषिका लागि सम्भावनाको क्षेत्र रहेको बताउनुभयो । काभ्रेले अर्गानिक तरकारी उत्पादनमा आफ्नो परिचय देखाउन सक्ने भन्दै उहाँले यातायात व्यवसायीको आन्दोलनलाई महासंघले समर्थन गर्न नसक्ने बताउनुभयो । संघका उपाध्यक्ष प्रकाश मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको समारोहमा पूर्व अध्यक्षहरुको निधनप्रति एक मिनेट मौन धारण पनि गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: