काभ्रेमा भुजेल समाज सेवा समिति गठन

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

बनेपा । जिल्लाभरि बसोबास गर्दै आएका भुजेलहरुको हकहितका लागि भुजेल समाज सेवा समिति काभ्रेको प्रारम्भिक भेलाले तदर्थ समिति गठन गरेको छ । असार ९ गते समाजका केन्द्रीय महासचिव बाबुराम भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले जीबी भुजेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिको सचिव रामगोपाल भुजेल, कोषाध्यक्ष सन्तोषी भुजेल, सदस्यहरुमा पदमबहादुर भुजेल, राजेन्द्र भुजेल, श्याम भुजेल, सरिता भुजेल, प्रल्हाद भुजेल, उषा भुजेल, उपदेश भुजेल, कृष्णराम भुजेल, शिवबहादुर शिवभक्ति र शर्मिला भुजेल रहेका छन् । तदर्थ समितिले ६ महिनाभित्र जिल्ला भेला गरी कार्य समिति चयन गर्ने बताएको छ । जेष्ठ सदस्य गुणराम भुजेलको सभापतित्वमा भएको कार्यक्रममा राजेन्द्र भुजेलले स्वागत मन्तव्य र संचालन ज्ञानबहादुर भुजेलले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: