काभ्रेका तीन विकास बैंकहरुको मर्ज

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेका तीन विकास बैंकहरु गत हप्ता मर्जर प्रक्रिया सम्पन्न भएको छ । मर्ज हुनेमा अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स बानेश्वर, पशुपति डेभलपमेन्ट बैंक र उद्यम विकास बैंक नारायणघाट, त्यसैगरी आईडी बैंक र स्वस्तिक मर्चेन्ट न्यूरोड एक आपसमा मर्ज भएका छन् । आईडी बाहेक दुई बैंकको नाम नै परिवर्तन भएको छ । अन्नपूर्ण–सूर्यदर्शन मिलेपछि सुप्रिम डेभलपमेन्ट बैंक र पशुपति–उद्यम मिलेपछि एक्सिस डेभलपमेन्ट बैंक भएको छ । पशुपति डेभलपमेन्ट बैंक लि. र उद्यम विकास बैंक लि. नारायणगढ चितवन एक आपासमा गाभ्न÷गाभिन नेपाल राष्ट्र बैंकको गत बिहिबार बसेको सञ्चालक समितिको बैठकबाट अन्तिम स्वीकृती प्रदान गरेको हो ।
हाम्रा सहयोगी अजयका अनुसार दुवै विकास बैंकहरु गाभिए पछि राष्ट्रियस्तरको ‘ख’ वर्गको एक्सिस डेभलपमेन्ट बैंक लि. को नामबाट वित्तीय कारोबार गर्न पाउने गरी अन्तिम स्वीकृति दिएको हो । मर्जपछि बैंकको चुक्ता पूँजी ७१ करोड ८१ लाख हुनेछ भने बैंकको संचालक समितिमा अध्यक्ष विदुर धमला, संचालकहरु लवकुमार थापा, मिनमान श्रेष्ठ, देवराज तामाङ, सुधीर अन्जान श्रेष्ठ, उद्धबप्रसाद सापकोटा र डा. सुनिल मास्के रहने गरी संचालक समितिको गठन गरिएको छ । गाभिएपछि एक्सिस डेभलपमेन्ट बैंक लि.मा हालका पशुपति डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठ नै रहने भएको छ । दुवै विकास बैंक गाभिइ राष्ट्रियस्तरको एक्सिस डेभलपमेन्ट बैंक लि.को नामबाट असार २९ गते शुक्रबारदेखि बैैंकको केन्द्रीय कार्यालय बनेपा रहने गरी दुवै बैंकको सम्पूर्ण शाखाहरुबाट वित्तीय कारोबार थालिने भएको छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: