काग्रेसद्वारा आन्दोलनको चेतावनी

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

पनौती । पनौती नपाले एकपक्षीय रुपमा मनोमानी ढंगले आव २०६९। ०७० को सम्पूर्ण करका दरहरुमा अत्यधिक बृद्धि गरेको भन्दै नेपाली काँग्रेस पनौती नगर समितिले गम्भीर आपत्ती प्रकट गरेको छ । राजनीतिक संक्रमणकालमा जनताले अपेक्षा गरेअनुसारका सेवा सुविधा प्राप्त नभइरहेको अवस्थामा थप व्ययभार बोकाउने निर्णय भएको भन्दै काँग्रेसले नपाको उक्त निर्णय तत्काल फिर्ता गर्न माग गर्दै नपामा ज्ञापनपत्र बुझाएको छ । नेका सभापति केदारबहादुर भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आफ्नो माग सातदिनभित्र पूरा नभएमा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: