कांग्रेस एमाले झनै कमजोर, प्रचण्डको राइँदाइँ

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

नेपाली काँग्रेस र नेकपा एमालेको अवस्था साह्रै कमजोर देखिएको छ । जसका कारण प्रचण्डको राइँदाइँ चलेको छ । एनेकपा माओवादी फुटेको भएता पनि वैद्य पक्षको स्पष्ट कार्यदीशा नभएका कारण प्रचण्ड पक्षका असन्तुष्ट कार्यकर्ताहरु वैद्यको पार्टीतिर आँखा चिम्लिएर जान सकेका छैनन् ।
प्रचण्ड चक्रव्यूहमा फसेका छन् । उनीसित ३० वर्ष सम्बन्ध गाँसेका नेता मोहन वैद्यले सम्बन्ध विच्छेद मात्र होइन उनलाई लाल गद्दारको संज्ञा दिएका छन् । प्रचण्ड यतिबेला मुर्छित हुँदाहुँदै पनि साउनमा हुने राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेख्दैछन् । उनले अहिले आफूले नेतृत्व गरेको पार्टी भित्रको गुट उपगुट अन्त्यका लागि प्रस्ताव ल्याउने अनुमान गरिँदै छ । डा. बाबुराम भट्टराई नेताको सरकार कमजोर हुँदाहुँदै पनि काँग्रेस एमालेले सरकार ढाल्ने प्रभावकारी कार्यक्रम ल्याउन सकेका छैनन् ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: