काँग्रेसको कारण देश अन्यौलमा

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

देशको पुरानो पार्टी नेपाली काँग्रेस आफै अलमल छ । विधानतः ऐतिहासिकदेखि बस्दै आएको प्रत्येक वर्ष गर्नुपर्ने महासमिति बैठक नगरेर नेपाली काँग्रेस पार्टी सभापतिहरुको बैठक आयोजना गर्छ । पार्टी सभापतिहरु पुराना मानसिकताका छन् । गतिशीलतालाई उनीहरुले बुझ्दैनन् तर इतिहासको बिँडो थाम्ने काम पनि गर्न सकेका छैनन् । यही कारण काँग्रेस अत्यन्तै पछाडि छ । नेपाली काँग्रेसले समयमा नै सही निर्णय लिन नसक्दा देशले यो अन्यौलता भोगेको हो । आन्दोलन पनि गर्न नसक्दा देशको सबै अंग काँग्रेसदेखि विरक्तिएको छ ।
हिजो मात्र निर्वाचन आयोगले आगामी मंसिर ७ गते लागि सरकारले घोषणा गरेको संविधानसभाको अर्को निर्वाचन गर्न नसक्ने बताएको छ । आयोगको सोमबार बसेको बैठकले संवैधानिक तथा कानुनी व्यवस्था हुन नसकेको र दलहरुबीच पनि सहमति नभएको भन्दै चुनाव गर्न असमर्थ भएको जनाएको छ । ‘निर्वाचनको वैधताको निमित्त संवैधानिक तथा कानूनी व्यवस्था र विश्वसनियताका लागि राजनीतिक दलहरुको सहभागिता सुनिश्चित हुने गरी दलहरुबीच सहमतिका साथ निर्वाचनमा जानु आवश्यक छ’ आयोगको निर्णयमा भनिएको छ –‘आयोगले २०६९।३।७ गते लेखि पठाए अनुसार संवैधानिक तथा कानुनी व्यवस्था हुन नसकेको र दलहरुबीच पनि सहमति पनि भइनसकेको हुँदा मंसिर ७ गते हुने भनि सरकारद्वारा घोषणा गरिएको अर्को संविधानसभाको निर्वाचन गर्न सम्भव नहुने व्यहोरा नेपाल सरकारलाई जानकारी गराउने ।’
उता सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित काँग्रेस सभापतिहरुको भेला हात्ती आयो हात्ती आयो फुस्सा सावित भएको छ । सभापतिहरुका सबै जिल्लामा भावनात्मक एकता छैन । सबै जीतको मानसिकतामा छन् । यही कारणले एमाओवादी आफ्नो सत्तालाई निरन्तरता दिन सफल भएको छ । माओवादी सत्ता कब्जाको रणनीतिमा छ । तर सभापति अंकुश लगाउन सक्ने हिम्मत राख्दैनन् ।
हिजै प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पारेको छ । अधिवक्ता सरोजकुमार थापा र पारसमणि भट्टराईले सोमबार रिट दायर गर्नु भएको हो । रिटमा वर्तमान सरकारले संवैधानिक दायीत्व पूरा गर्न नसकेको प्रधानमन्त्रीलाई बर्खात गरी राजनीतिक सहमतिका आधारमा अन्तरिम संविधानको धारा ३८ को क अनुसार सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिको नाममा निर्देशनात्मक आदेश जारी गर्न माग गरिएको छ । रिटमा सहमतीय सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीको नाममा निर्देशनात्मक आदेश जारी पनि माग गरिएको छ ।
देशलाई निकास दिन सहमतिको राजनीतिबाहेक विकल्प छैन । त्यसैले काँग्रेस, एमाले, एमाओवादी, नयाँ माओवादी र मधेशी मोर्चा बीच सहमति हुन आवश्यक छ । जसले गर्दा अबको निर्वाचन आम निर्वाचन वा संविधानसभाको निर्वाचन के हुने हो छिटो टुंगो लगाउन जरुरी छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: