कसरी दिने बच्चालाई सेक्स म्यासेज ?

प्रकाशित मिती : मङ्लबार, असार १९, २०६९ by   ·   Comments

हाम्रो समाजमा सेक्स यस्तो विषय हो जसको बारेमा घर या समाजमा खुलेर कुरा गर्नबाट मानिस पछि हट्छ । यदि कोही यस विषयमा कुरा गर्दछन् भने धेरै लुकेर जोगिएर मात्र कुरा गर्दछन्, जस्तो कि ऊ कुनै पाप गरिरहेको छ । तर वास्तविक कुरा सेक्सको हाम्रो जीवनमा अटुट सम्बन्ध रहेको छ । जसलाई चाहेर पनि कोही व्यक्तिले अmग गर्न सक्दैन । फेरि पनि मानिस यस विषयको बारेमा कुरा गर्नको लागि तयार हुँदैनन् जसको नोक्सानी हाम्रा भावी पिँढीले उठाउनु पर्ने हुन्छ । यस विषयको बारेमा सेक्सोलोजिस्ट भन्छन् –‘सेक्सले हाम्रो जीवनमा त्यत्तिकै महत्व राख्दछ जति कि खानु, पिउनु, सुत्नुको महत्व हुन्छ । अब हामी आफ्नो बच्चालाई खानपिउन यहाँसम्मकी सुत्न पनि सही समय सिकाउँछौं भने आफ्नो बच्चालाई सेक्स सम्बन्धी जानकारी किन दिँदैनौं ?

किन आवश्यक छ सेक्स एजुकेशन

यौन अवस्थामा प्रवेश गर्दै गरेका बच्चाहरु आफ्नो मनमा उत्पन्न भएको सेक्स सम्बन्धी जिज्ञासाहरुलाई शान्त पार्नको लागि लुकीचोरी, नेट, टिभी र सस्ता उपन्यास पढेर आधाकल्चो ज्ञान प्राप्त गर्दछन् । जसले उनीहरुलाई कतिपय अवस्थामा गलत बानीको शिकार बनाइदिन्छ या फेरि कम उमेरमा नै यौन रोग पीडित बनाइदिन्छ । जसको कारण उनीहरुलाई उमेर भर पछुताउनु पर्दछ । यति मात्र होइन कहिलेकाहीँ केटाकेटी आफ्नो उत्सुकता शान्त गर्नको लागि गलत मानिसको हात समातेर उल्टा सिधा नचाहिँदो काम गर्न सिक्दछन् । यदि आमा बुबाले आफ्नो बच्चालाई गलत बानी र कम उमेरमा नै गर्भधारण गर्नबाट बचाउन चाहन्छन्, उसको भविष्यमा स्वास्थ्य एवं सुरक्षित जिन्दगी दिन चाहन्छन् भने उसले आफ्नो बच्चासँग सेक्स विषयमा खुलेर कुरा गर्नुपर्दछ ।

कहिले दिने जानकारी ?

जब सातदेखि आठ वर्षको बच्चा आमाबाबुसँग बच्चा कहाँबाट आउँछ, आन्टीको पेट किन फुलेको वा टिभीमा कुनै प्रेमप्रसंग भएको दृश्य आएको छ र बाबा यो के गरेको भनेर सोध्न थाल्छन् भने यो स्वभाविक हो कि आमा बाबु यसको सही जवाफ दिनबाट हडबडाउँछन् । तर आमा बाबुले हड्बनाउन हुँदैन बरु त्यो समय नै बिल्कुल उचित समय हो । बच्चाको मनमा उठेको प्रश्नको सही जवाफ दिने या उसको साथमा बसेर सेक्स सम्बन्धी विषयमा खुलेर कुराकानी गर्ने ।

कसरी दिने जानकारी ?

यदि तपाईं हिचकिचाएर अहिलेसम्म यस विषयको बारेमा कुनै जानकारी दिन सक्नु भएको छैन भने राम्रो तरिका हुन्छ, उसको उमेरको हिसाबले उसलाई केही प्रश्न सोध्नुहोस् र उसको यस विषयमा भएको जानकारी पनि बुझ्नुहोस् । जुन कुराको जवाफ उसलाई थाहा छैन वा गलत जवाफ भन्छ भने उसलाई सही जवाफ दिनुहोस् ।
६ देखि १० वर्षको उमेरमा

  • – के तिमी आफ्नो शरीरको सबै अंगको नाम जान्दछौ ?
  • – के तिमीलाई थाहा छ केटी केटा भन्दा किन अलग देखिन्छन् ?

तारुण्य अवस्था ः

  • – तारुण्य् अवस्थाको बेलामा धेरै बदलाव हुन्छ, तिमीले यसको बारेमा के सुनेका छौ ?
  • – तिमी के सोच्छौ ? कुन उमेरमा व्यक्तिले डेटिङ जान सुरु गर्नुहुन्छ ?
  • – केटीको साथमा केटालाई भन्दा फरक व्यवहार किन गरिन्छ, तिमी यसको बारेमा के सोच्छौ ?

युवा अवस्थामा

  • – गएको दुइ वर्ष भित्रमा तिमीमा के परिवर्तन आएको छ ? कुन परिवर्तन तिमीलाई राम्रो लागेको छ र कुन नराम्रो ?
  • – कुन उमेरमा मानिसले सेक्स गर्न सुरु गर्नुपर्दछ, यो कुरा व्यक्तिले कसरी निर्णय लिनुपर्दछ ?

अरु के गर्ने ?

  • – छेउछाउ, नातेदार, टीभी, फिल्म आदिमा विवाहित दम्पत्तिको उदाहरण दिएर उनीहरुलाई अप्रत्यक्ष रुपबाट सेक्सप्रति जागरुक गराउनुहोस् । बच्चालाई स्कुल, कलेजमा भइरहने सेक्स गोष्ठी, वर्कशप एवं लेक्चर आदि अवश्य अटेन्ड गर्न लगाउनुहोस् ।
  • – मूर्ति, चित्र एवं जनावर आदिको क्रिया देखाएर उनीहरुलाई अप्रत्यक्ष रुपबाट सेक्सको बारेमा बताउनुहोस् कि त्यो के हो र के गरिरहेको छ अनि त्यसको परिणाम के हुन्छ ?
  • – कुनै पनि प्रकारको सेक्स सम्बन्धी शिक्षा दिनुभन्दा पहिले आमाबाबुले आफ्नो बच्चासँग साथीको व्यवहार गर्न आवश्यक हुन्छ । तपाईं उसको भावनालाई बुझ्न सक्नुहुन्छ भन्ने उसलाई विश्वास हुनुपर्दछ ।

सेक्स एजुकेशनको फाइदा
आफ्नो बच्चालाई सेक्स एजुकेशन दिँदा धेरै फाइदा हुन्छ । जुन अभिभावकलाई त्यही समयमा त होइन तर अगाडि आउने समयमा देखिन्छ ।

अनचाहे गर्भधारण नहुनु ःबच्चालाई सही समयमा सेक्स एजुकेशन दिनुभएको छ भने ऊ यस्तो कुनै पनि काम गर्दैनन् जसको कारण ऊ अनचाहे गर्भधारणको समस्यामा पर्दछन् ।

यौन रोगबाट बचाव ः बच्चालाई राम्रो जानकारी भयो भने युवा अवस्थामा प्रवेश गर्दै गरेका बच्चालाई थाहा हुन्छ कि असुरक्षित यौन सम्बन्धबाट उसलाई कस्तो कस्तो रोग लाग्न सक्दछ, जसको कारण ऊ पहिले नै सतर्क हुन्छ र यी चिजहरुबाट टाढै हुन्छ ।
यौन शोषणबाट बचाउ ः बच्चालाई पनि सेक्स विषयसँग सम्बन्धित जानकारी छ भने ऊ यौन शोषणको शिकार हुनबाट पनि बच्दछ ।

प्रस्तुत: कुटुम्ब कौडिण्य

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: