कंग्रेसमा फेरि देउवाको बखेडा

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक देउवा पक्षले वहिष्कार गरेको छ । देउवा पक्ष भ्रातृ संगठन विवाद नटुगिंएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने बताएको छ । देउवा पक्ष बैठकमा नआउने निर्णय गरेपछि पार्टी कार्यालय सानेपामा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको मात्र बैठक बसेको छ वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरका नेताहरुको सोमबार विहान बसेको बैठकले विवाद टुंगिएपछि मात्र बैठकमा सहभागी हुने निर्णय गरेको हो । संस्थापन पक्षसँग भइरहेको सहमति प्रयास सकारात्मक भएको भन्दै नेताहरुले सहमति भएपछि मात्र केन्द्रीय समितिको बैठकमा जाने बताएका छन् ।  संस्थापन र देउवा पक्षबीच नेविसंघ सहितका भ्रातृ संगठनको केन्द्रीय समितिमा सभापतिलाई सामान्य बहुमत दिने गरी सहमतिको प्रयास भइरहेको छ । पार्टी सभापतिले एकलौटी रुपमा भ्रातृ संगठनको केन्द्रीय समिति गठन गरेको भन्दै देउवा पक्ष असोजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएको छैन् ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: