औषधीमा मात्रै २० अर्ब गुम्यो

प्रकाशित मिती : शनिबार, भदौ २४, २०७४ by   ·   Comments

प्रकाशित मिति: २०७४-०५-२०

                लन्डनबाट प्रकाशित हुने ‘बायो मेड सेन्ट्रल‘ को एक जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार उक्त रकमले काठमाडौको आधा जनसंख्यालाई एक वर्षसम्म स्वास्थ्य सेवा उपलब्ध गराउने पुग्छ । भारतीय नाकाबन्दीका कारण नेपालले औषधि किन्न साविकभन्दा कम परिमाणको औषधिका लागि करिब रू २ अर्ब  बढी खर्च गर्नु परेको तथ्य फेला परेको छ । बोस्टन विश्वविद्यालयका अभिषेक शर्मा, नेपाल डेभेलपमेन्ट सोसाइटीका शिवराज मिश्र र बोस्टनकै वारेन काप्लनाले गरेको सो अध्ययनले भारतीय नाकाबन्दीको बेला १० महिनाको अवधिमा भारतीय  नाकाहरूबाट नेपालले ३ लाख ४३ हजार ८ सय ७० केजी औषधि आयात गरेको थियो । अघिल्लो वर्ष सोही अवधिमा नेपालले करिब ६ लाख ४२ हजार १ सय ६३ केजी औषधि आयात गरेको थियो ।

                आयात हुने औषधिको परिमाणमा ४६.५ प्रतिशतले कमि आए पनि नेपालले  २ अर्ब २३ करोड रूपैयाँ बढी रकम भुक्तान गर्नुपरेको उल्लेख छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: