एसएलसी उत्तीर्णलाई रोटरीको सम्मान

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

बुडोल, गोसाइँकुण्ड । रोटरी सामुदायिक संघ द राइजिङ भ्यु टावरले यस वर्र्ष कार्कीगाउँबाट एसएलसी उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विगत केही वर्ष अगाडिसम्म उक्त क्षेत्रका युवाहरु कुलतमा लागेकोमा हाल रोटरी क्लबसँग आबद्ध भइसकेपछि गाउँको विकास निर्माणको कार्यमा समेत अग्रसर हुन थालेका छन् । यस वर्ष उक्त गाउँबाट एसएलसी दिएका सम्पूर्ण ११ जना विद्यार्थीहरु विशिष्ट श्रेणी सहित उत्तीर्ण भएका छन् ।

रोटरी क्लब धुलिखेलका अध्यक्ष अशोक श्रेष्ठको प्रमुख आतिथ्य र सञ्जीवनी नमूना उमाविका प्रअ वेदप्रसाद कोँजूको विशेष आतिथ्यमा भएको कार्यक्रममा एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षापछि आफ्नो गाउँको विकासमा ध्यान पु¥याउन आग्रह गरिएको थियो । आफ्ना छोराछोरी एसएलसी उत्तीर्ण भएपछि स्थानीय अभिभावकरु पनि खुसी देखिएका थिए । सोही अवसरमा रोटरी क्लबले सो गाउँमा इनारको लागि आवश्यक व्यवस्था गरिदिने जानकारी दिइएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: