एमाले क्षेत्र नं. १ को अध्यक्षमा संग्रामजीत

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

भकुण्डे । नेकपा एमाले क्षेत्र नं. १ को दोस्रो अधिवेशनको शनिबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भन्नुभयो –‘देशमा आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन एमालेले मात्र रुपान्तरण गर्न सक्ने बताउनुभयो । एमाओवादीलाई कटाक्ष गर्दै भन्नुभयो –‘एमाओवादीको सत्तालिप्साकै कारण संविधानसभाको अवसान भएको हो ।’
कार्यक्रममा एमाले अनुशासन आयोगका सदस्य शिवबहादुर देउजा, बागमती अञ्चल कमिटी सचिव शेरबहादुर तामाङ, पूर्व सभासद् कृष्णप्रसाद सापकोटा, जिल्ला अध्यक्ष गोकुल बास्कोटा, क्षेत्रीय इन्चार्ज नारायण पाण्डे, जिल्ला सचिवालय सदस्य मुकुन्द गौतम, क्षेत्रीय सह इन्चार्ज दिलिप लामा, जिल्ला सदस्य इन्द्रबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरु बद्री पंगेनी, मधु गुरुङ लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुती गर्नुभएको थियो । उक्त अधिवेशनले संग्रामजीत लामाको अध्यक्षतामा ४९ सदस्यीय काभ्रे क्षेत्र नं. १ को क्षेत्रीय कमिटी गठन गरेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: