एमालेको प्रशिक्षण कार्यक्रम

प्रकाशित मिती : बुधबार, भदौ १३, २०६९ by   ·   Comments

बनेपा । नेकपा एमाले २ नं. क्षेत्रीय कमिटीको आयोजनामा पार्टी निर्माण र परिचालन, नीतिगत सवाल, जनताको बहुदलीय जनवाद र प्रजातान्त्रिक समाजवाद तथा २१ औं शताब्दीको जनवादको बीचमा भिन्नताका बारेमा आफ्ना कार्यकर्तालाई एक कार्यक्रमबीच शनिबार दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, केशब बडाल, बागमती अञ्चल कमिटी सचिव शेरबहादुर तामाङ, केन्द्रीय अनुशासन आयोगका सदस्य शिवबहादुर देउजा, बागमती अञ्चल कमिटीका सदस्य कृष्णप्रसाद सापकोटा, केन्द्रीय प्रतिनिधि परिषद्का सदस्य तुयुकाजी ताम्राकार, काभ्रे जिल्ला अध्यक्ष गोकुल बाँस्कोटा, उपाध्यक्ष रामहरि सुवेदी लगायतले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । क्षेत्रीय कमिटीका अध्यक्ष रामकृष्ण हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव राजकुमार खड्का र उपसचिव रामचन्द्र थापाले गर्नुभएको जानकारी सचिवालय सदस्य नरसिंह विष्टले दिनुभयो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: