एमाओवादीका शिक्षकहरुको सम्मेलन

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले शिक्षाको आमूल परिवर्तनको दिशामा राज्यले गम्भीर भएर नसोचेको आरोप लगाउनुभएको छ । अखिल नेपाल शिक्षक संगठन काभ्रेको तेस्रो जिल्ला सम्मेलन बनेपामा उद्घाटन गर्दै नेता सापकोटाले आर्थिक र शैक्षिक परिवर्तनका लागि गम्भीर बहस र छलफल गर्नु जरुरी रहेको बताउनुभएको छ । उहाँले शैक्षिक परिवर्तन नभए अहिले सम्म भएका परिवर्तनहरुलाई संरक्षण गर्न नसकिनेप्रति चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, संगठनका संयोजक दुर्गासिं तामाङ लगायतले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: