एनसीसी बैंकबाट विमा रकम प्रदान

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

बनेपा । एनसीसी बैंकले आफ्नो बैंकका खाता खोलेर रकम जम्मा गर्नेको मृत्यु भएमा दिने विमा रकम साउन ५ गते वितरण गरेको समाचार छ । समाचार अनुसार भक्तपुर छालिङ–१, निवासी शंकरप्रसाद वानको परिवारलाई २ लाख ३८ हजार ६५९ बराबरको विमा रकम हस्तान्तरण गरिएको छ । बनेपा नपाका कार्यकारी अधिकृत सुरथ पाखेरेलले चेकमार्फत पीडित परिवारलाई रकम गर्नुभएको थियो । वानको विद्युत ट्रान्सफर्मरमा काम गरिरहेको अवस्थामा करेन्ट लागि घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको परिवारलाई चेकको व्यवस्था शाखा प्रबन्धक नवीनराज पौडेल र कर्पोरेट कार्यालयका इन्चार्ज कुमारी थापाले गर्नुभएको थियो । बैंकले व्यक्तिगत बचतकर्ताहरुलाई १० हजारसम्मको औषधिउपचार र ५ लाखसम्मको निशुल्क दुर्घटना विमाको व्यवस्था गरेको छ ।

1

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: