एकैदिन धुलिखेल र बनेपा रोटरीको पदस्थापन

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

बनेपा । रोटरी क्लब अफ काभ्रे बनेपाको एघारौं पदस्थापन समारोह शनिबार अरनिको सभा भवनमा सम्पन्न भयो । रोटरी इन्टरनेशनल नेपालका गभर्नर योगेन्द्रमान प्रधानले क्लबका नयाँ अध्यक्ष ईश्वरीप्रसाद शर्मालाई सपथ खुवाउनुभएको थियो भने निवर्तमान अध्यक्ष मानकाजी प्रधानले माला, माइन्युट, घण्टी र पिन वर्तमान अध्यक्ष शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य रघुनाथ घिमिरे, धन्यवाद ज्ञापन पूर्ण पलाञ्चोके र सभापतित्व ईश्वरी शर्माले गर्नुभएको थियो । सन् २०१२–१३ का पदाधिकारीलाई सपथ र गभर्नर योगेन्द्रमान प्रधानले पिन लगाएर पदस्थापन गर्नुभएको उक्त कार्यक्रममा नयाँ सदस्यहरुलाई रोटरीको सदस्यता पिन र खादा ओढाएर स्वागत गरिएको थियो ।
यसैगरी रोटरी क्लब धुलिखेलको १५ औं पदस्थापन कार्यक्रम होटल हिमालयन होराइजनमा सम्पन्न भयो । रोटरी इन्टरनेशनल नेपालका गभर्नर योगेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष रश्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पूर्व अध्यक्ष अशोककुमार श्रेष्ठले गर्नुभएको थियो । सन् २०१२–०१३ का नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको उक्त पदस्थापन कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मा, सहायक गभर्नर कृतिनाथ मास्केले बोल्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन उदय भूषणले गर्नुभएको थियो ।
सन् २०१२ का लागि अध्यक्षमा रश्मी श्रेष्ठ, निवर्तमान अध्यक्ष अशोक श्रेष्ठ, भावी अध्यक्ष उदय भूषण, उपाध्यक्ष प्रल्हाद पराजुली, सचिव विवेक लुइँटेल, सहसचिव कमला श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी खनाल, सहकोषाध्यक्ष बिजुलीप्रसाद श्रेष्ठ, क्लब प्रशासक रञ्जिव श्रेष्ठ, जनसम्पर्क विष्णु सापकोटा, आर्थिक विभाग प्रमुख डा. सञ्जय खनाल, सामाजिक संयोजक दीर्घराज श्रेष्ठ, तालिम संयोजक केशव कुँवर, सदस्यहरु सुदर्शन श्रेष्ठ, केदार मानन्धर, सेमन्त सापकोटा, मनिष योगल रहेका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: