एकल महिलालाई हेर्ने धारणा कस्तो ?

प्रकाशित मिती : मङ्लबार, साउन २, २०६९ by   ·   Comments

समाज जुन रुपमा परिवर्तनउन्मुख छ, त्यही रुपमा एकल महिलाप्रतिको दृष्टिकोणमा भने परिवर्तन आउन सकेको छैन । देशभर चलेको रातो पहिरन अभियानले संकीर्ण सोच भएकाहरुको मुख टाल्ने काम त गरेको छ तर उनीहरुको मन र मस्तिष्कमा भने पुरानै मनस्थिति कायम छ । यसले गर्दा एकल महिलाहरु धक फुकाउर आफ्ना अभिव्यक्ति राख्ने अवसरबाट बञ्चित छन् । उनीहरुको आत्मबल बढाउने काम त परै जाओस् उल्टै हीन व्यवहार गर्ने काम समाजका ठूलाबडाहरुबाटै भएको छ ।
आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रमा एकल महिलाको पहुँच पुग्न सकिरहेको छैन । उनीहरु क्षमता र खुबी हुँदाहुँदै पनि पछाडि परिरहेका छन् । राज्यले जुन रुपमा एकल महिलाको समस्यालाई हेर्नुपर्ने हो, हेर्न सकिरहेको छैन । मुलुकको दश वर्षे द्वन्द्वकालमा एकल महिलाको संख्या कति बढ्यो, त्यसको लेखाजोखा सम्म हुन सकिरहेको छैन । आर्थिक अवस्था अत्यन्त नाजुक भएका कतिपय एकल महिला नचाहँदा नचाहँदै पनि गैरकानुनी व्यवसायमा लाग्न बाध्य छन् ।
एकल महिलाहरु समाजका आँखी भएर बाँचिरहेका छन् । परपुरुषसँग कुरा गर्दा पनि विभिन्न शंका उपशंका गर्ने चलन छ । पुरातन र सामन्ती सोचका कारण एकल महिलाहरुको जीवनस्तरमा परिवर्तन आउन सकिरहेको छैन । अरु महिलासरह उनीहरुलाई हेर्ने सोचको विकास अझै भइसकेको छैन । एकल महिला भएपछि घरपरिवारको थिचोमिचो र समाजको लान्छनाका कारण कतिपय एकल महिला माइतमा नै बस्न बाध्य छन् ।
समाजमा एकल महिलाहरुलाई हतोत्साही बनाउने बाहेक अरु केही भएको पाइँदैन । यसका लागि एकल महिला पनि दक्ष एवं जागरुक हुनुपर्छ । एकल भएकोमा हिनताबोध गर्नुहुँदैन । अन्धकारको पर्दाले ढाकेको समाजका विरुद्ध आवाज बुलन्द गर्नुपर्छ । चुप लागेर बसेर अधिकार पाइँदैन । अहिले मागेर होइन लडेर आफ्नो अधिकार लिने बेला आएको छ । – सम्झना खतिवडा (प्रशिक्षार्थी पत्रकार)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: