एकपल्ट पुग्नैपर्ने ठाउँ पलाञ्चोक भगवती

प्रकाशित मिती : मङ्लबार, साउन ९, २०६९ by   ·   Comments

काभ्रे जिल्लाको पलाञ्चोक भगवती स्वदेश र विदेशमा रहेका हिन्दुहरुका लागि प्रसिद्ध शक्ति पीठ हो । लिच्छवीकालीन भगवतीको यो मूर्ति अत्यन्तै सुन्दर छ । काठमाडौं उपत्यकास्थित शोभा भगवती, नक्साल भगवती, दक्षिणकाली पछाडि यो शक्ति पीठमा जीवनको एकपल्ट प्रत्येक हिन्दु होस् वा प्रत्येक नेपालीले एकपल्ट पुग्नैपर्ने हुन्छ ।
हुनत नेपालमा भएका धार्मिक सम्पदाको उचित संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न सक्ने हो भने शान्ति, सद्भाव, मानवता र पर्यटन विकासमा फड्को मार्न सकिने सम्भावना छन् । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने र निश्वार्थ मनले पूजा गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलाञ्चोक भगवतीलाई मान्ने गरिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट पाँचखाल भन्दा अलि अघि बजारबाट उकालो लाग्दै पलाञ्चोक भगवती मन्दिर पुग्न सकिन्छ । काठमाडौंबाट ५२ कि.मि. दुरीमा रहेको पलाञ्चोक भगवती मन्दिर पुग्न सडक सुविधा समेत रहेको छ । यस मन्दिरको महिमा र शक्तिको कृति टाढाटाढा सम्म फैलिएको पाइन्छ । बैशाख पूर्णिमा र कार्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दछन् । साँच्ची नै धार्मिक पर्यटन स्थल बन्ने सम्भावना रहेको छ ।
किंवदन्ती
यस पलाञ्चोक भगवतीलाई काभ्रेकै बुचाकोट भन्ने ठाउँबाट ल्याइएको भनाई छ । बुचाकोट भगवती, पलाञ्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती छ । एक भगवतीको मूर्ति बनाईसकेपछि अर्काे त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो । उसले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको हो । बनाएका मूर्तिमध्ये बुचाकोटबाट पलाञ्चोक भगवतीको मूर्ति अन्य ठाउँमा ल्याउँदै थिए । त्यस ठाउँमा राती बास बसेपछि मूर्ति पनि त्यहिँ राखेछन् । भोलिपल्ट बोकेर हिँड्न लाग्दा मूर्ति उठाउन नसकेर भगवतीले यहि ठाउँमा बस्ने इच्छा गरेकाले त्यहि प्रतिस्थापन गरिएको भनाइ छ । पलाञ्चोक भगवतीलाई त्यहीँ राखी मन्दिर बनाएर पूजा गर्न थालियो ।
अचम्म त के छ भने उक्त मूर्ति एउटै ढुङ्गाबाट बनेको छ । यसमा कुनै रसायन प्रयोग गरिएको छैन । जीवनमा एकपटक दर्शन गर्नै पर्ने यस मन्दिरको महिमा उच्च छ । हामी भन्छौं तपाई पनि पलाञ्चोक भगवतीको दर्शन गरी आफ्नो मनोकामना पुरा गर्नुस् अनि देशको धार्मिक पर्यटन विकासमा मद्दत पु¥याउनु होस् । पलाञ्चोक भगवती दर्शनका लागि काठमाडौं पुरानो बसपार्कस्थित अरनिको यातायात सेवा समितिको टिकट काउन्टरबाट टिकट लिन सकिन्छ । त्यसैगरी बनेपाबाट निजी कार रिजर्भ गरेर पनि जान सकिन्छ । पलाञ्चोक भगवतीको दर्शन गर्न प्रत्येक हप्ताको शनिबार विशेष भीड लाग्ने गर्दछ । तपाई बिहान ५ बजे हिँड्नुभयो भने बेलुका घर फर्कन सक्नुहुन्छ । त्यही एक रात बिताउने हो भने सुविधा सम्पन्न होटल लजको सुविधा पनि छ । पलाञ्चोक भगवती दर्शनका लागि जाँदा क्यामरा वा मुभी क्यामरा लैजान भने नछुटाउनुहोला है । किनभने त्यहाँबाट मनोरम हरियाली, पाँचखाल उपत्यका र आसपासको फोटो खिच्न सकिन्छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: