आमाको काजकिरिया तीन दिनमा

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

काभ्रे जिल्लामा जन्मिएर वीपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापा र उहाँका भाईबहिनीले आफ्नी ६६ वर्षीय आमा सरस्व

ती थापाको मृत्युपछि गरिने काजक्रिया तीन दिनमा सिध्याएका छन् । सनातनदेखि मान्दै आएको १३ दिनसम्म गरिने संस्कारलाई तोड्दै आमाको दाहसंस्कारपछि कपाल र दाह्राी खौरिएनन् र खल्को हालेनन् । ढिकुरो पनि उठाएन र छोइछिटो बारेनन् । डा. बालकृष्णको यो साहसिक कार्यलाई धेरैले राम्रो कदम माता पनि कुशादेवीका वासिन्दा भने अचम्मित बनेका छन् । असार ८ गते घरमै सञ्चारकर्मी माझ डा. थापाले भने ः कुशादेवी गाविस अन्तर्गत वडा नं. ३ थापा गाउँको इतिहास, प्रगतिशील तथा वैज्ञानिकीकरणको नमूना गाउँको इतिहास हो । कुशादेवी क्षेत्रलाई अँध्यारोबाट उज्यालोमा परिवर्तन गर्ने र तपाईं हामी समेतलाई साक्षात बन्ने अवसर प्रदान गर्नेहरु मध्येको महत्वपूर्ण जीवित इतिहास कुशादेवी स्कुलका संस्थापक तथा सोच विकासकर्ता रामचन्द्र अधिकारी इतिहासपुरुष

मात्र नभई तपाईं हाम्रा मार्गदर्शक गुरु पनि हुनुहुन्छ । उहाँले त्यतिबेलाको संस्कार र संस्कृतिमा सकारात्मक परिवर्तनका लागि चाल्नु भएको विभिन्न साहसिक कदमहरु हामी सबैका लागि अनुकरणीय एवं प्रेरणादायी छन् । संस्कार र संस्कृतिलाई परिमार्जन गर्दै लानुपर्छ भनेर लागिरहने हाम्रा अन्य आदरणीय अग्रज व्यक्तित्वहरुको अनवरत प्रयासहरु र समाजमा सदैव सकारात्मक र नयाँ सोचहरुका लागि अरुलाई प्रोत्साहितन गर्ने, आफै पनि कोसिस गर्ने, परिवर्तनकामी हाम्रा अन्य अग्रज व्यक्तित्वहरुको योगदानलाई स्मरण गर्न चाहन्छौं ।

समाजमा व्याप्त विविध खाले अन्धविश्वास र कुरितीका विरुद्ध हामीलाई सानो उमेरदेखि नै उत्साहित गर्ने हाम्रा श्रद्धेय गुरुवर्ग, विद्वानहरु एवं यस समाजका अग्रजहरुको सकारात्मक कदमलाई समय र कालखण्ड अनुरुप आ आफ्नो तर्फबाट साथ दिँदै जानु सबैको कर्तव्य हो भन्ने हामीले ठानेका छौं ।

धर्मग्रन्थहरुमा काज कर्म किरिया गर्ने कुरा नितान्त नैसर्गिक अधिकार हो । वर्तमान प्रकृया वैज्ञानिक नभएता पनि हामीले हाम्रा समस्त दाजुभाइ दिदीबहिनीको सल्लाहमा रीतिरिवाज तथा परम्पराको निरन्तरताको निम्ति र सामाजिक एकतामा आँच नआओस् भन्नका लागि परिवर्तित रुपमा सामाजिक जागरणको थालनी होस् भन्ने ठानेर किरिया प्रकृया छोट्याएर ३ दिन गरेका छौं ।

हामीलाई यस सुन्दर धर्तीमा जन्म दिने हाम्री ममतामयी माता यसै समाजकी एक जिम्मेवार र इमान्दार सदस्य हुनुहुन्थ्यो । उहाँले हिन्दू धर्मावलम्बी समुदायको सदस्य र क्षेत्रीय परिवारको छोरी, बुहारी र आमाको रुपमा आफूले निभाउनु पर्ने सम्पूर्ण भूमिकालाई संस्कारिक, सामाजिक र धार्मिक परम्परा अनुरुप नै निभाउनु भयो । हामीलाई पनि यही शिक्षा र संस्कार दिनुभयो । उहाँ औपचारिक रुपमा शिक्षित नभए पनि, चेतनाको हिसाबले जागरुक र सदैव प्रगतिशील परिवर्तनको पक्षमा हुनुहुन्थ्यो । आज उहाँले हामीलाई छोडेर जानु भएको छ यो घडी हाम्रो लागि मर्माहत पीडा एवं गहिरो शोकको मात्र होइन उहाँप्रति सच्चा श्रद्धाञ्जलि र उहाँमा समर्पण गर्न योग्य कुनै सत्कर्ममा उत्प्रेरित हुने समय पनि हो ।

हामीले यसैको लागि हाम्रो परम्परागत पितृ श्रद्धाको संस्कारमा रहेका केही जटिलताहरुलाई समय सापेक्ष केही परिमार्जन गर्ने जमर्को ग¥यौं । यसका लागि सकेसम्म सबै बन्धुबान्धव, विद्वत समाज र अग्रजहरु माझ छलफल पनि चलायौं । यो नितान्त नौलो भएकोले बहसको विषय अवश्य हुन सक्छ । परिवर्तन गर्नका लागि लाखौं वर्षको इतिहासमै जम्मा दुईपटक मात्र भएको पुनः हुन सक्ने वा नसक्ने धर्म सम्मेलन कुरिरहनु वास्तवमा उपयुक्त कुरा होइन । अरुलाई परिवर्तन गर्न लगाउनु आफू नगर्नु पाखण्डीपन मात्र हो । परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर हामीले परम्परालाई अलिकति सुधार गर्न खोजेका मात्र हो । यसले कसैलाई व्यक्तिगत वा समूहगत रुपमा कुनै असर परेको वा पारेको भए हामी क्षमा प्रार्थी छौं । यसले हामी सबैको सरसहयोग र सदभावमा हाम्रो तर्फबाट कुनै पनि नकारात्मक असर नपार्ने समेत विश्वास व्यक्त गर्दछौं । हामीले गरेको प्रकृया अरु कसैलाई पनि बाध्यकारी समेत नभएको पनि जानकारी गराउँदछौं । तर कसैले यसलाई अनुसरण गर्न वा अझै परिस्कृत गर्न चाहेमा हामी सबैले सहयोग गर्नु नै उपयुक्त हुने ठानेका छौं । कुरा यति हो कि त्यसबाट हाम्रो धर्म संस्कारको अपमान हुनुहुँदैन बरु सुधारात्मक वा सर्वग्राह्य बनाउनु हुनुपर्छ ।

हुनत हाम्रो समाजमा विवाह संस्कारमा पूरा आधुनिकता आए पनि मृत्यु संस्कार पुरातन र परम्परावादी नै छ । बाँचुञ्जेल आफ्ना आमाबुबालाई हेलत्व गर्ने, मरेपछि लोकलाई देखाउन र आफू पनि पीडा् भोग्ने यो संस्कारका विरुद्ध डा. थापाले गरेको थालनी अत्यन्तै वैज्ञानिक छ, जसबाट ब्राह्मणलाई सजिलो भयो, दाजुभाईलाई खोलामा जानु परेन । यो विद्रोहले आर्थिक, सामाजिक र धार्मिक क्षेत्रबाट अनेकौं टिप्पणी गरिएता पनि कुरिती अन्धविश्वाससँग डा. बालकृष्ण थापा समाजका अगुवा ठहरिएका छन् ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: