आईसीडीमा माधव

प्रकाशित मिती : मङ्लबार, साउन १६, २०६९ by   ·   Comments

बनेपा । एकीकृत सामुदायिक विकास नेपाल (आईसीडी नेपाल) काभ्रेको सातौं साधारण सभा शनिबार सम्पन्न गरेको छ । साधारण सभाबाट माधवप्रसाद श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्य समिति चयन भएको छ । उपाध्यक्षमा तुलसी मानन्धर, सचिव श्याम तिमल्सिना, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ, सदस्यहरुमा ऋषिराम वैद्य, बिलबहादुर श्रेष्ठ र तारादेवी सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।
शिक्षक तालिम पनौती । काभ्रे इउमाविको आयोजनामा साउन १२ र १३ गते प्राथमिक शिषक तालिम तथा गणित विषय शिक्षण तालिम सम्पन्न भएको छ । विभिन्न विद्यालयका ३५ शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको तालिममा युनाइटेड नेपाल प्राकशनका शैक्षिक निर्देशक हुकुमप्रसाद दाहाल, शैक्षिक तालिम केन्द्र धुलिखेलका प्रशिक्षक हरिश पन्त र विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: