आईपीएम कार्यक्रम समापन भयो

प्रकाशित मिती : आइतवार, जेष्ठ २१, २०६९ by   ·   Comments

बनेपा । बाली संरक्षण निर्देशनालयको आयोजनामा फागुन १५ गतेबाट सुरु भएको अधिकृत स्तरीय आईपीएम कार्यक्रम सोमबार एक कार्यक्रमबीच समापन गरियो । राष्ट्रिय आईपीएम कार्यक्रम निर्देशक डा. योगध्वज जोशीको सभापतित्वप र कृषि विभागका उपमहानिर्देशक ख्याम शर्मा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा १९ जिल्लाका २० आईपीएम सहजकर्ता र ६४ कृषकहरुको सहभागिता रहेको थियो ।  ८५ दिनसम्म सञ्चालित कार्यक्रमको समीक्षा, उपलब्धी र निष्कर्ष प्रस्तुत गर्दै सहजकर्ता पिताम्बर बस्नेतले यो तालिम किसानहरुले उपयोगी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित कृषक तथा सहजकर्ताहरुले गीत, भजनको माध्यमबाट आईपीएमको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा बोल्नुहुँदै जिल्ल कृषि विकास प्रमुख सहदेव हुमागाईंले आईपीएम पद्धतिलाई आत्मसात गर्नसके कृषिको विकासमा कोसेढुंगा सावित हुने कुरा बताउनुभयो ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: