आँखा, हाड र दाँतको हेरचाह

प्रकाशित मिती : बुधबार, पुस ५, २०७४ by   ·   Comments

 

एक दिनमा थुप्रै प्रकारका इलेक्ट्रोनिक उपकरणको प्रयोग गर्दा त्यसको असर आाँखामा पर्छ । कम्प्यूटर, मोबाईल टिभीको अगाडी बसेर कति काम गर्नु पर्छ, भन्न सकिन्न । तर यी इलेक्ट्रोनिक उपकरणको प्रयोगले गर्दा आँखामा सिधै समस्या पार्छ ।

त्यसबाट बच्न निम्न उपाय अपनाउनुहोस् ।

विहानै उठनेदेखि अबेर रातिसम्म सुत्नु अघिसम्म तपाईँको आँखाले काम गरिरहेको हुन्छ । त्यसकारण आँ खालाई आराम दिनु उचित हुन्छ ।दुबै हातले आँखा रगडनुहोस र हात पुनः विस्तारै आँखामा राख्नुहोस । यसले गर्दा आरामको महसुस हुनेछ । खासगरी कम्प्यूटरमा काम गर्ने बेलामा यो उपाय अपनाउन सकिन्छ ।

आँखालाई सुरक्षित सुरक्षित राख्नु अति आवश्यक हुन्छ । त्यसैले धेरै पानी पिउनुहोस र चिकित्सकको सल्लाह बमोजिम औषधिको पनि प्रयोग गर्न सक्नु हुन्छ ।

आँखालाई स्वस्थ बनाउन केही कसरत पनि गर्न सकिन्छ । आँखा चिकित्सकको सल्लाह बमोजिम उपाय अपनाउनु राम्रो हुन्छ ।

कम्प्यूटर तथा अन्य इलेक्ट्रोनिक उपकरणबाट निस्कने विकिरण आँखाकालाई खराब हुन्छ । यसबाट बच्नका लागि चश्माको प्रयोग गर्नुहोस ।

राम्रो निन्द्रा आँखाका लागि अति आवश्यक हुन्छ । कम्तिमा एक दिनमा ७ देखि ८ घण्टा आरामले सुत्नुहोस । त्यसले तपाईँको आँखालाई आराम मिल्नेछ ।

कम्प्यूटरमा काम गर्दा स्क्रीनको ब्राइटनेस धेरै अथावा कम नराख्नुहोस । यसले आँखामाथि दवाव पर्न जान्छ जसले आँखामा समस्या पर्न सक्छ ।

हाड र दाँत बलियो बनाउन के खाने ?

हाम्रो हाड र दाँत बलियो बनाउनका लागि क्याल्सियमको आवश्यकता पर्छ । बच्चादेखी बुढासम्म सबैलाई क्याल्सियम आवश्यक पर्छ र, उमेर अनुसार सबैलाई फरक–फरक मात्रामा क्याल्सियम चाहिन्छ । यसका लागि हामीले दैनिक रुपमा प्रयोग गर्ने खानेकुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । क्याल्सियम पाइने खानेकुराहरू आफ्नो भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

के–के हुन् क्याल्सियम पाइने खानेकुराहरू, थाहा पाइराखौँ ः

– केरा ः केरा खानाले शरिरमा पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । एउटा केरामा ६ मिलिग्राम क्यालसियम पाइन्छ ।

– दही ः खानामा दैनिक रूपमा दही खानाले क्याल्सियमको कमीलाई कम गर्न सकिन्छ । एक कप दहीमा ४ सय ५० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– कागती ः दैनिक रूपमा कागती खानाले क्याल्सियमको कमीलाई कम गर्न सकिन्छ । एक कप कागती पानीमा ५५ मिलिग्राम क्याल्सियम पाइन्छ ।

– गाँजर ः खानामा गाँजरको प्रयोगले पनि हाम्रो शरिरलाई चाहिने क्याल्सियमको मात्रालाई पूर्ति गर्छ । १२० ग्राम गाँजरमा ३६ मिलिग्राम क्याल्सियम हुन्छ ।

– दूध ः दूधमा क्याल्सियमको मात्रा धेरै हुन्छ । दैनिक रूपमा १ गिलास दूध पिउनाले २ सय ४० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– पनीर ः पनीर खानाले क्याल्सियमको आवश्यक मात्रालाई पुर्ति गर्न सकिन्छ । १ कप पनीरमा १ सय ३० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– सुन्तला ः सुन्तलामा पनि हामीलाई चाहिने क्याल्सियमको मात्रा हुन्छ । १ कप सुन्तलाको जुसमा २० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– सोयाबिन ः दैनिक रूपमा सोयाबिन खानाले शरिरमा आवश्यक क्याल्सियमलाई केहि मात्रा पूर्ति गर्न सकिन्छ । एक कपमा सोयाबिनमा २ सय मिलिग्राम क्याल्सियम पाइन्छ ।

– सागसब्जी ः सागसब्जी अर्थात् पालक, बन्दा, काउली, मेथी जस्ता सागसब्जी खानाले पनि क्याल्सियमको कमीलाई हटाउन सकिन्छ । १ सय २० ग्राम सागसब्जीमा १ सय १२ ग्राम क्याल्सियम पाइन्छ ।

– गेडागुडी ः खानामा दैनिक रूपमा गेडागुडी प्रयोग गर्दा पनि शरिरमा हुन सक्ने क्याल्सियमको अभावलाई पूर्ति गर्न सकिन्छ । ९० ग्राम गेडागुडीमा ५० मिलिग्राम क्याल्सियम पाइन्छ । (एजेन्सी)

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: