अल्फा बचतको तेस्रो सभा

प्रकाशित मिती : बुधबार, भदौ ६, २०६९ by   ·   Comments

बनेपा । अल्फा बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारण सभा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
संस्थाका सचिव युजकुमार भैलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रतापमान कायस्थले १ करोड ५३ हजार ९ सय शेयर पूँजी, ३ करोड ६५ लाख ८६ हजार १०१ निक्षेप संकलन, ४ करोड १६ लाख ४६ हजार ९५ ऋण लगानी गरी ६४ लाख ८७ हजार ४८१ आम्दानी गर्न सफल भएको जनाउनुभयो । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी, पूर्व सभासद् शिला कतिला, समाजसेवी रामकुमार मुल्मी, लम्बोदर कायस्थले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक किशोरराज मल्लले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा जेष्ठ सदस्यलाई सम्मानित गरिएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: