अरनिको यातायात सेवा समितिमा जीतबहादुर भारती

प्रकाशित मिती : मङ्लबार, भदौ १९, २०६९ by   ·   Comments

अरनिको यातायात सेवा समितिमा जितबहादुर भारतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । बनेपामा एक कार्यक्रमबीच पदाधिकारीहरुलाई पदस्थापन तथा पूर्व अध्यक्षहरुलाई आइतबार सम्मान गरिएको छ । समितिको ४१ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा जितबहादुर भारती, प्रथम उपाध्यक्ष नविन वैद्य, उपाध्यक्षहरुमा चित्रबहादुर कुँवर, हरिभक्त श्रेष्ठ, केशवराज भारती, सदस्यसचिव श्यामबहादुर लामा, कोषाध्यक्ष राजकुमार बस्नेत, सहसचिव मोहनप्रसाद घिमिरे, सहकोषाध्यक्ष प्रभुराम थापा र सदस्यहरुमा कृष्णभक्त त्वायना, दिलबहादुर श्रेष्ठ (कुमार), बालकृष्ण श्रेष्ठ, छलबहादुर चौलागाई (सीताराम), माधव केसी र अर्जुनराज गिरी निर्वाचित हुनुभएको हो ।
नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यद्वारा उद्घाटित कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष दिनेश भण्डारी, वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव डोलनाथ खनाल, अरनिको यातायातका निवर्तमान अध्यक्ष केदार खत्री क्षेत्री आदिले शुभकामना व्यक्त गर्नुभएको थियो । देश विकासको मेरुदण्ड मानिएको यातायात सेवा सम्बन्धी राम्रो ऐनकानुन पालना नहुँदा धेरैपटक समस्या व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायतका जिल्लामा विगत ४१ वर्षदेखि संचालन भई जनतालाई सेवा दिँदै आएको अरनिको यातायात सेवा समितिका भूतपूर्व अध्यक्षहरु स्व. पूर्णकाजी कायस्थ, रतिराम तौजले र श्रीगोपाल श्रेष्ठको अर्धकदको शालिक पनि अरनिको सभा भवन बनेपामा निर्माण गरिएको छ ।

0
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: