अरनिको यातायातको ४६ औँ वार्षिक साधारणसभा

प्रकाशित मिती : शनिबार, भदौ २४, २०७४ by   ·   Comments

 

     प्रकाशित मिति: २०७४-०५-२०

अरनिको यातायात सेवा समितिको ४६ औँ वार्षिक साधारण सभा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बिहीबार अरनिको पार्टी प्यालेस बनेपामा सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले यातायात क्षेत्रमा धेरै समस्या छ । यातायात व्यवसायि समस्यामा छन् । यातायातमा देखिएका चुनौतीलाई सहज ढङ्गबाट चिर्न व्यवसायि आफैँ सक्षम हुनुपर्ने धारणा राख्नुभयो ।

                मन्त्री बस्नेतले अरनिको यातायात सेवा समितिले ग्रामीण भेगका नागरिकलाई सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै नागरिकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । सञ्चारमन्त्री बस्नेतले देशमा लोकतान्त्रीक गणतन्त्र स्थापना भइ जनताले नयाँ संविधान प्राप्त गरेका छन् । अब सबै खालका संक्रमणकालिन अवस्था चिर्दै मुलुकलाई  समृद्ध बनाउन लाग्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले राजनैतिक, सामाजिक, व्यवसायिक सबै क्षेत्रमा केही अव्यवस्थित छन् । तिनीहरुलाई व्यवस्थित बनाउन । अब नीति नियम प्रष्ट रुपमा आउनेछन् । सबै त्यही अनुरुप चल्नुपर्ने धारणा राख्नुभयो । 

                मन्त्री बस्नेतले यातायात व्यवस्था विभागले गाडीको छत हटाएर यात्रु वर्ग र व्यवसायिलाई निकै मर्का परेको गुनासो धेरै आएकोले व्यवहारिक रुपमा हुने कठिनाइलाई सम्बोधन गर्न आफ्नो तर्फबाट हुने सम्पुर्ण सहयोग उपलब्ध गराउने र सरकारलाई गराउनुपर्ने ध्यानाकर्षण आफुले गराउने बताउनुभयो । कार्यक्रममा नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौला, अरनिको यातायात सेवा समितिका संस्थापक अध्यक्ष डा. शुरेन्द्रबहादुर वादे श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्य, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

                कार्यक्रममा सांसद एवं पुर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मी नरसिंह वादे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सचिव राजकुमार बस्नेतले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष हरिभक्त श्रेष्ठले १० करोड ३६ लाख बराबरको आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा विगत ३० वर्षदेखि यातायात क्षेत्रमा लागि अतुलनीय योगदान गरेबापत अरनिको यातायात सेवा समितिका पुर्व अध्यक्ष जीतबहादुर भारतीलाई गोल्ड मेडलसहित सम्मान गरिएको छ ।

                यसैगरि दुर्घटना नगराउने चालकहरु तीर्थबहादुर जिरेल, समितिका सदस्य जे.की. लामा र कर्मचारी तर्फ श्रीबहादुर के.सीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष श्यामबहादुर लामाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रकाश कायस्थले गर्नुभएको थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: