अब पशुपति होइन एक्सिस डेभलपमेन्ट बैंक

प्रकाशित मिती : सोमवार, जेष्ठ २९, २०६९ by   ·   Comments

बनेपा । बनेपाको पहिलो विकास बैंक पशुपति डेभलपमेन्ट बैंक र उद्यम विकास बैंक नारायणगढबीच एक आपसमा गाभिई राष्ट्रियस्तरको एक्सिस डेभलपमेन्ट बैंक लि. बन्ने भएको छ ।

गत बुधबार धुलिखेलमा सम्पन्न बैंकको आठौं वार्षिक साधारण सभाले उक्त निर्णय पारित गरेको छ । सभामा बैंकका संचालक समितिको तर्फबाट आ.व.०६७÷०६८ सम्मको लेखापरिक्षण सहितको संचालक समितिको आठौं वार्षिक प्रतिवेदन पारित गरियो । आगामी आ.व.०६८÷०६९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत सभाले पारित गरिएको छ ।

यसैविच दुवै संस्था गाभ्ने÷गाभिने कार्य गर्न शेयर मिलानको लागि अनुपात १ः१ का दरले वितरण गर्ने, गाभ्ने÷गाभिने सम्बन्धी कार्यको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष आवेदन गर्न एवं मर्जर पछिको बैंकको नाम एक्सिस डेभलपमेण्ट बैंक लि. रहने, अधिकृत पूँजी रु. १ अर्व ४० करोड र जारी÷चुक्ता पूँजी रु. ७१ करोड ८२ लाख निर्धारण हुने गरी प्रबन्धपत्र, नियमावली संशोधन गर्न नियमनकारी निकायबाट स्वीकृति लिने कार्यको लागि संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले सभाबाट पारित गरिएको छ । साथै उद्यम विकास बैंकले पनि गत बुधबार नै साधारण सभा सम्पन्न गरि पशुपति डेभलमपमेन्ट बैंकसँग गाभिने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: