अन्तक्र्रिया तथा परिचयात्मक कार्यक्रम

प्रकाशित मिती : मङ्लबार, असार ५, २०६९ by   ·   Comments

काभ्रे बहिरा विकास संघ सीबीआर र जिल्ला अपांगता समन्वय समितिको संयुक्त आयोजनामा अन्तक्र्रिया तथा परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भयो । जिल्लाभित्र रहेका अपाङ्गतासँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हकहितको सुनिश्चितताका लागि सबै संघ संस्थाहरुको समन्वयात्मक भूमिका रहनुपर्ने विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा मणिराज श्रेष्ठ, रमेशलाल श्रेष्ठ, सुरेश धिताल, शर्मिला मल्ली, कृष्णप्यारी नकर्मी लगायतले अपाङ्गता सम्बन्धी सवालमा सबैलाई समेटिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रमका सरोकारवाला संस्थाका ३८ जनाको सहभागिता थियो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: