अधिकांशको प्रेम शारिरीक आकर्षण मात्र हो

प्रकाशित मिती : मङ्लबार, भदौ ६, २०७४ by   ·   Comments

प्रस्तुतीः रामेश्वर आचार्य सागर

कृति भट्टराई

(मोडल)

० हाल के गर्दै हुनुहुन्छ ?

                पढ्दै पनि छु र म्यूजिक भिडियोहरू पनि गर्दैछु ।

० मोडलिङ क्षेत्र नै किन रोज्नुभयो ?

                मोडलिङ क्षेत्र प्रतिको मेरो रुचि सानौ देखिको हो । म कसैलाई देखाउन र केही पाउने आशामा मोडलिङ क्षेत्रमा लागेको होइन ।

० तपाईंले सोचेको भन्दा मोडलिङ क्षेत्रको अवस्था कत्तिको फरक पाउनुभयो ?

                सोचेको भन्दा धेरै परक पाएँ । यहाँ पाइला पाइलामा सोचेर अगाडि बढ्नुपर्ने हुन्छ । जस्तो मान्छे सँग पनि संगत गर्नुपर्ने हुन्छ । एउटा सानो गल्तीले जीवन बर्बाद हुन पनि सक्छ ।

० मोडलिङ क्षेत्रमा लाग्नको लागि परिवारबाट कत्तिको सहयोग पाउनुभयो ?

                मेरो संघर्षको शुरुवात नै परिवारबाट भयो । बाबा ममीलाई मेरो काम चित्त बुझेको थिएन । उहाँहरुको चाहना छोरी पढेर अरू नै कुनै पेशामा लागोस् भन्ने थियो । तर मेरो सानैदेखिको चाहना मिडिया क्षेत्र भएकोले मैले यहीँ रोजेँ । अहिले बाबा ममी छोरीले जुन पेशा रोजेकि छ हाम्रो पनि समर्थन छ भन्नुहुन्छ ।

० मोडलिङ क्षेत्रको विकृतिहरु के के देख्नुभयो ?

                यहाँ प्रतिभाले होइन पैसाले कलाकार बन्ने धेरै छन् । पैसा खर्च गरेपछि जो पनि कलाकार हुन्छ । पैसा नहुनेहरु प्रतिभा भएर पनि पछि परेका छन् । ठाउँमा आफ्नो मान्छे हुनेहरुले अवसर पाइरहेका छन् ।

० निर्माता निर्देशकहरुबाट कत्तिको शोषित हुनु परेको छ नि ?

                नवप्रवेशी मोडलहरू माथि कुनै कुनै निर्माता निर्देशकहरुले गलत नजर राख्छन् भन्ने सुनेको छु । तर मैले अहिलेसम्म त्यस्तो कुनै कुरा भोग्नु परेको छैन । शुरु शुरुमा काम गर्दा पैसा पाइँदैन । त्यो चाहीँ सत्य हो । कति ठाउँमा त उल्टै आफैंले गाडि भाडा र खाजा खर्च व्यहोर्नु पर्छ । संघर्ष गर्दाको समय यस्तै हुन्छ भनेर पनि चित्त बुझाउनुपर्छ ।

० म्युजिक भिडियोको अबसर कसरी पाउनुभयो ?

                चितवनको दाई मोडलिङ क्षेत्रमा हुनुहुन्थ्यो । उहाँकै सहयोगले म म्युजिक भिडियोमा आएको हुँ । एउटा म्यूजिक भिडियो गरी सकेपछि सबैसँग चिनजान हुँदै गयो । यसैगरी अगाडि बढिरहेको छु । हालसम्म ४० भन्दा बढी म्युजिक भिडियोहरू गरिसकेको छु ।

० हिन्दु महिलाहरुको महान् चाड निज नजिक आइरहेको छ । तपाईंलाई तिज कत्तिको लागिरहेको छ नि ?

                वर्ष दिनको महान् चाड तिज लाग्नु स्वभाविक नै हो । मलाई पनि तिज लागिरहेको छ । बुझ्ने भएदेखि तिजको ब्रत बस्न थालेको हुँ । तिजमा सबै दिदीबहिनी तथा साथी संगहिरुसँग भेट हुने हुनाले पनि तिज महत्वपूर्ण छ ।

० तिजको नाममा महिना दिनदेखि दर खुवाउने नाचगान गर्ने चलन बढिरहेको छ । तपाईंलाई कस्तो लाग्छ ?

                यस्तो चलन रोक्नुपर्छ । यो विकृति हो । महिना दिनदेखि दर खाने, नाचगात गर्ने हो भने तिजको महत्वनै घट्दै जान्छ । महिना दिनदेखि दर खानेले ब्रत पनि महिना दिनसम्म बसे भइहाल्यो नि होइन र ?

० अहिले विभिन्न संघ संस्थाहरुले दर खुवाउने कार्यक्रम गरिरहेका छन् । के यस्तो कार्यक्रमहरुको आवश्यकता छ र ?

                विभिन्न संघ संस्थाहरुले तिजको नाममा जुन कार्यक्रमहरु गरिरहेका छन् त्यो त एउटा देखाउने दाँत मात्र हो । भन्नलाई कला र संस्कृतिको जगेर्ना गर्नको लागि हामीले यस्ता कार्यक्रमको आयोजना गरेको भन्छन् । तर त्यो उनीहरुको स्वार्थ पूर्तिको लागि हो । तराईमा बाढीले घरबार विहिनहरु खान नपाएर मरिरहेका छन् । हामी यहाँ महिनौं दिनदेखि दर खाएर नाचिरहेका छौं । चाडपर्वको नाममा फजूल खर्च गर्ने यो होडबाजीलाई रोक्नुपर्छ । यस्ता कार्यक्रमहरुको आवश्यकता छैन ।

० तपाईंको नजरमा तिजको नाममा फैलिएका विकृतिहरु के के होलान् ?

                सर्वप्रथम तिजको नाममा अश्लिलता भिडियोको छ । महिलाहरु रातो सारी र चोलोमा सजिनुपर्ने ठाउँमा मिनिष्कर्ट र छोटा पहिरन लगाएर नाच्न थालेका छन् । विशुद्ध लोकभाकाको गित बन्नु पर्नेमा अश्लिल शब्द भएका नेपाली र हिन्दि गित बज्न थालेका छन् । आफ्नो आर्थिक अवस्थाले नभ्याएपनि देखाउनको लागि ऋण गरेर मागेर फजुल खर्च गर्न थालेका छन् । यस्ता विकृतिहरु हटाउनु पर्छ । गरिब भन्दा धनी व्यक्तिहरुले बढी विकृति फैलाइरहेका छन् ।

० तपाईंको नजरमा वास्तविक तिजको महत्व के होला ?

                तिज भनेको लामो समय भेट नभएका दिदीबहिनी, साथीसंगीहरु बोट भएर सुख दुःखको कुरा गर्दै भगवानको पूजा गरी जे भएको मिठो मसिनो खाएर रमाइलो गर्नु तिजको महत्व हो । विवाह भएका महिलाहरुले आफ्नो श्रीमान्को लामो आयु तथा परिवारको सुस्वास्थ्यको लागि तथा अविवाहित महिलाले राम्रो श्रीमान् पाउन भगवानको ब्रत पूजा गर्नु धार्मिक मान्यता हो । तर यहाँ धार्मिक मान्यता एकातिर, आधुनिक समाज अर्कोतिर लागिरहेका छन् ।

० तपाईं चाहिँ के उद्देश्य प्राप्तीको लागि तिजको ब्रत बस्नुहुन्छ ?

                म महादेव भक्त हो । तिजको मात्र होइन प्रत्येक श्रावणको सोमबार महादेवको ब्रत बस्छु । ब्रत बस्दैमा राम्रो श्रीमान् पाइन्छ भन्ने मलाई विश्वास लाग्दैन । ब्रत नबस्ने महिलाहरुले पनि त राम्रो श्रीमान् पाएका छन् । म आत्मसन्तुष्टि र मन शान्त बनाउनको लागि ब्रत बस्छु । भगवानको ब्रत बस्दा शरीरमा भिन्नै खालको उर्जा मिल्छ ।

० तपाईंको मुख्य लक्ष्य के हो ?

                म राम्रो मोडल भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहन्छु ।

० यो क्षेत्रमा आउन कत्तिको प्रतिस्पर्धा गर्नुपर्दाे रहेछ ?

                प्रतिस्पर्धा त हरेक क्षेत्रमा हुनछ नै । तर यो क्षेत्रमा आउन अस्वस्थ प्रतिस्पर्धा छ । यहाँ पैसा र पहुँच हुनेहरुले अवसर पाइरहेका छन् भने कला र प्रतिभा भएर पनि गरिबहरु अवसरबाट बञ्चित छन् ।

० फूर्सदको क्षणमा के गर्नुहुन्छ ?

                पत्रपत्रिका पढ्छु, यु ट्युबमा म्युजिक भिडियो तथा फिल्महरु हेर्छु ।

० तपाईंको नजरमा अहिले नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो देखिरहनुभएको छ ?

                पहिला नेपाली चलचित्र धेरै उचाइमा पुगेको थियो । बिचमा एकपटक चलचित्रको अवस्था निकै नाजुक भयो । अहिले फेरी चलचित्रले नयाँ गति र उचाई लिएको छ ।

० तपाईंको पहिलो म्युजिक भिडियो कुन हो ? कुन भिडियोले तपाईंलाई लाखौं दर्शकमाझ चिनायो ?

                अहिले नेपाल आइडलमा रहनु भएको प्रताप दाशले गाउनुभएको सक्छौ र तिमीले मलाई भुल्न ? गित मेरो पहिलो म्युजिक भिडियो हो । मेलिना राईले गाउनुभएको मेरो चाहिँ तिमी र पूर्णकला वि.सि.ले गाउनुभएको लोक दोहोरी गितहरुको म्युजिक भिडियोले मलाई खालौं दर्शकमाझ चिनायो ।

० तपाईंलाई आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?

                आफ्नो रुप आफूलाई राम्रो लाग्नु त स्वभाविक हो । म बाहिरी रुप भन्दा भित्री मन सुन्दर हुनुपर्छ भनने मान्यता राख्ने युवती हुँ ।

० कत्तिको मेकअप गर्नुहुन्छ ?

                म हल्का मेकअप गर्छु । कुनै कार्यक्रममा जानु प¥यो भने मेकअप गर्न आधा घण्टा लाग्छ ।

० तपाईंलाई केटाहरुको कुन अंगले आकर्षित पार्छ ?

                म केटाहरुको आँखामा आँखा जुधाएर हेर्न सक्छु । मलाई मिठो बोली भएको केटा मनपर्छ ।

० कुन कलाकारको अभिनयबाट प्रभावित हुनुहुन्छ ?

                नायक प्रदिप खड्का र नायिका केकी अधिकारी ।

० मनपर्ने फिल्म ?

                दर्पणछायाँ ।

० मनपर्ने पहिरन ?

                वानपिस ।

० घुम्न मन पर्ने ठाउँ ?

                जोमसोम ।

० मनपर्ने गायिका ?

                अञ्जु पन्त ।

० जीवन के हो जस्तो लाग्छ ?

                संघर्ष नै जीवन हो । जन्मेदेखि मृत्यु नभएसम्म संघर्गा गर्नुपर्ने हुन्छ ।

० प्रेम के हो ?

                प्रेम बाँच्ने आधार हो । प्रेम बिना मानिस त के कुनै पनि प्राणी बाँच्न सक्दैन ।

० सेक्स के हो नि ?

                प्राकृतिक उपहार हो । जुन हरेक प्राण्ीामा हुन्छ । तर यसलाई सस्तो खेलौना बनाउनु हुँदेन ।

० के प्रेममा सेक्स आवश्यक छ ?

                प्रेम र सेक्स फरक विषय हुन् । मानिस सेक्स बिना बाँच्न सक्छ । तर प्रेम बिामना बाँच्न सक्दैन । जो प्रेममा सेक्स आवश्यक छ भन्छ । उसले सेक्मात्र गर्न जान्दछ तर प्रेम गर्न जान्दैन ।

० आजकलाका टिनएजका युवायुवतीहरुले गर्ने प्रेमलाई तपाईं के भन्नुहुन्छ ?

                कोही कोहीको प्रेम वास्तविक होला तर अधिकांशको प्रेम शारिरीक आकर्षण मात्र हो ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: