अत्तरकाजी दिक्पालको श्रद्धाञ्जलि सभा

प्रकाशित मिती : सोमवार, असार ११, २०६९ by   ·   Comments

बनेपा । काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष स्व. अत्तरकाजी दिक्पालको १३ औं दिनको पुण्यतिथिमा असार ६ गते संघ कार्यालयमा एक शोकसभाको आयोजना गरियो । महासचिव सुरकृष्ण वैद्यले संचालन गर्नुभएको कार्यक्रममा दिक्पालका समकालीन कोषाध्यक्ष केजी पलाञ्चोके, संघका पूर्व अध्यक्ष मणिराज कायस्थ, लक्ष्मीलाल राजभण्डारी, दिक्पालका भाइ महेन्द्र श्रेष्ठ आदिले दिक्पालको योगदानबारेमा बोल्नुभएको थियो । संघका अध्यक्ष दियेशरत्न शाक्यले धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यसमिति सदस्य समेत रहेका दिक्पालले ०३२ असोज १४ देखि ०३८ भाद्र २० सम्म काभ्रे उद्योग वाणिज्य संघको नेतृत्व सम्हालेका थिए ।

0

'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: