अघिल्लो दिन मुड्की, पछिल्लो दिन अविरटीका

प्रकाशित मिती : शनिबार, जेष्ठ २०, २०६९ by   ·   Comments

संयुक्त संघर्ष समितिको आइतबारको आन्दोलनमा पत्रकारलाई देख्नै नसक्ने आन्दोलनकारी हिजो भने हदैसम्म नरम बनेका छन् । अघिल्लो दिन आन्दोलनकारीले पत्रकारलाई आक्रमण गर्ने, उनीहरुका सवारीसाधन जलाउने, क्यामरा तोडफोड गर्ने गरेका थिए भने हिजो हाम्रा प्रतिनिधि कोटेश्वरमा प्रेसपास हेरेपछि अवीरको टीका लगाएर स्वागत गरेको कुरा व्यवस्थापक रमेशप्रसाद न्यौपानेले बताउनुभयो ।

सोमबार बिहानको दृश्य केही फरक देखियो । कोटेश्वर, सातदोबाटो लगायत क्षेत्रमा रहेका प्रदर्शनकारीले पत्रकार देख्ने बित्तिकै भलाकुसारी गरे । उनीहरुले आदिवासी जनजाति अधिकारबारे सकारात्मक समाचार प्रकाशन तथा प्रसारण गर्नअनुरोध गरे । कतिपयले आइतबार हिजो केही पत्रकारहरुमाथि आक्रमण भएको घटनाप्रति दुःख पनि व्यक्त गरे । अनि उनीहरुले पत्रकारलाई खादा र अबीर लगाइदिए । सोमबार बिहान कोटेश्वरमा झण्डै डेढदर्जन पत्रकारलाई ‘किराँत राज्य प्राप्तिमा सहयोग गर्नहोला’ भन्दै सम्मान गरिएको थियो ।

कोटेश्वरमा जस्तै सातदोबाटो क्षेत्रका केही आन्दोलनकारीले पनि पत्रकारलाई खादा र अबीरले ‘सम्मान गरे । त्यही मेसोमा पर्नुभयो, आर्थिक अभियान दैनिकका पत्रकार अशोक दुलाल पनि । त्यहाँ खादा ओढेर मोटरसाइकलमा अगाडि बढिरहेका पत्रकार दुलालमाथि अर्काथरी आन्दोलनकारीले आक्रमण गरे । आक्रमणमा मोटरसाइकल तोडफोड भयो । उहाँको टाउकोमा समेत चोट लाग्यो । पत्रकार दुलाल अहिले राम्ररी बोल्न सक्ने अवस्थामा हुनुहुन्न । एक दिन अघिल्लो दिन पत्रकारलाई छानीछानी आक्रमण गर्ने आन्दोलनकारीले सोमबार पत्रकारलाई अबीर र खादा ओढाइदिएको आफैंमा बुझिनसक्नुको कुरा । त्यसमाथि एउटाले खादा ओढाउने, अर्कोले ठटाउने । हैन आन्दोलनकारीले गर्न खोजेको चाहिं के हो ?

जनजातिको बन्द आज पनि जारी हुनेछ । यो समाचार तयार पार्दासम्म वार्ताको निष्कर्ष आएको छैन । प्रमुख तीन दलका शीर्र्ष नेता जनजातिका मागप्रति सकारात्मक भनिएता पनि वार्ताले निर्णायक नभएपछि नेपाल बन्द आज पनि हुनेछ । बन्दले जनजीवन अस्तव्यस्त छ । देशमा सरकार नभएको अनुभूति जनताले गरेका छन् ।

1
'

नयाँ समाचारहरु

RSS News feeds

%d bloggers like this: